‘एमब्यान स्पोर्ट्स मिट २०२६’ को खेल तालिका सार्वजनिक, प्रतियोगिता असार २० र २१ गते हुने

‘एमब्यान स्पोर्ट्स मिट २०२६’ को खेल तालिका सार्वजनिक, प्रतियोगिता असार २० र २१ गते हुने
+
-
देशसञ्चार AI सारांश
  • एमब्यान स्पोर्ट्स मिट २०२६ को आधिकारिक खेल तालिका शुक्रबार काठमाडौंमा सार्वजनिक गरियो।
  • मर्चेन्ट बैंकिङ क्षेत्रको सद्भाव र खेलकुद भावना बढाउन फुटसल, ब्याडमिन्टन र टेबलटेनिस खेलिनेछन्।
  • प्रतियोगिता धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा असार २० र २१ गते आयोजना हुनेछ।

काठमाडौं- मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान) को आयोजनामा हुन गइरहेको “एमब्यान स्पोर्ट्स मिट २०२६” को आधिकारिक खेल तालिका (ड्र) सार्वजनिक गरिएको छ।

काठमाडौंको धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा बिहीबार एक पूर्व-कार्यक्रम पत्रकार सम्मेलन तथा आधिकारिक ड्र कार्यक्रम आयोजना गरी खेलको ढाँचा र समयतालिका निर्धारण गरिएको हो।

उक्त समारोहमा एमब्यानका कार्यसमिति सदस्य सन्दीप कार्की सहित विभिन्न सहभागी संस्थाका टोली प्रमुख, खेलाडी, प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।आयोजकका अनुसार यस खेलकुद महोत्सव अन्तर्गत फुटसल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

पुरुष फुटसलतर्फ १८ वटा टोलीलाई ६ वटा समूहमा र महिला फुटसलतर्फ ८ वटा टोलीलाई २ वटा समूहमा विभाजन गरिएको छ। यस्तै, ब्याडमिन्टनको पुरुष डबल्समा ५, महिला डबल्समा ६ र भेट्रान्स डबल्समा २ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

टेबलटेनिसतर्फ भने पुरुष एकलमा १४, महिला एकलमा ५ र भेट्रान्स एकलमा ५ जना खेलाडीहरूले सहभागिता जनाउने टुंगो लागेको छ।यो खेलकुद प्रतियोगिता आगामी असार २० र २१ गते (जुलाई ४ र ५) धुम्बाराहीकै धन्वन्तरी स्पोर्ट्स हबमा आयोजना हुँदैछ।

नेपालको मर्चेन्ट बैंकिङ क्षेत्रमा आबद्ध संस्थाहरूबीच आपसी सद्भाव, खेलकुद भावना, टोलीगत कार्यसंस्कृति र व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

एमब्यानले प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण खेलाडी, प्रायोजक, पदाधिकारी तथा सञ्चारमाध्यमप्रति आभार प्रकट गर्दै खेलको सफलताको कामना समेत गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…