अन्तिम १६ को खेल हेर्न टिकट मूल्यमा उतारचढाव, कुन खेलको मूल्य कति?

अन्तिम १६ को खेल हेर्न टिकट मूल्यमा उतारचढाव, कुन खेलको मूल्य कति?
+
-
देशसञ्चार AI सारांश
  • अमेरिका र बेल्जियम बीचको खेलको टिकट मूल्य १,४२३ डलरमा झरेर शनिबार साँझ १,६३५ डलर पुगेको छ।
  • खेलको टिकट मूल्यमा आएको गिरावट बेल्जियम टोलीको आधार शिविर सिएटलको नजिक भए पनि अनपेक्षित लागेको छ।
  • मेक्सीको र इंग्ल्यान्ड बीचको खेल सबैभन्दा महँगो भएको छ, जहाँ टिकटको न्यूनतम मूल्य ३,५७४ अमेरिकी डलर छ।

जारी फिफा विश्वकपमा समूहचरणबाटै टिकट मुल्यमा कीर्तिमानी कारोबार हुँदै आएको छ। यस्तोमा अन्तिम १६ का खेल सुरु भएसँगै टिकट मूल्यमा उतारचढाव ब्यापक देखिएको छ। सोमबार हुने अमेरिका र बेल्जियम बीचको अन्तिम १६ को बहुप्रतीक्षित खेलका टिकट मूल्यमा ठूलो उतारचढाव देखिएको हो।

खेलअघि टिकटको न्यूनतम (गेट-इन) मूल्य ३० प्रतिशतभन्दा बढीले घटे पनि शनिबार साँझ फेरि केही बढेको छ। टिकट मूल्य ट्र्याक गर्ने वेबसाइट टिकेटडाटा डट कमका अनुसार सिएटलमा हुने यस खेलको न्यूनतम टिकट मूल्य जुन १ मा करिब ४,००० अमेरिकी डलरसम्म पुगेको थियो। त्यसपछि मंगलबारसम्म घटेर १,५४९ डलरमा झरेको थियो। तर अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेपछि टिकट मूल्य फेरि बढेर २,८३६ डलर पुगेको थियो।

त्यसयता भने टिकट मूल्य लगातार ओरालो लागेको छ। शनिबार दिउँसोसम्म न्यूनतम मूल्य १,४२३ डलरमा झरेको थियो, जुन तीन दिनअघिको तुलनामा ३२ प्रतिशत कम हो। यद्यपि शनिबार साँझ ६ बजे (अमेरिकी पूर्वी समय) सम्ममा मूल्य फेरि बढेर १,६३५ डलर पुगेको छ।

यस वृद्धिसँगै अमेरिका-बेल्जियम खेल अन्तिम १६ का आठ खेलमध्ये दोस्रो सबैभन्दा महँगो टिकट भएको खेल बनेको छ। सबैभन्दा महँगो टिकट भने आइतबार हुने मेक्सीको र इंग्ल्यान्ड बिचको खेलको रहेको छ। यो खेलको न्यूनतम टिकट मूल्य ३,५७४ अमेरिकी डलर छ।

अमेरिका-बेल्जियम खेलको टिकट मूल्यमा आएको उल्लेखनीय गिरावट धेरैलाई अनपेक्षित लागेको छ। किनभने बेल्जियम टोलीको आधार शिविर सिएटल स्टेडियमबाट करिब १६ किलोमिटर दक्षिणमा रहेको साउन्डर्स एफसी प्रदर्शन केन्द्रमा छ।

समूह चरणमा इजिप्टसँग १-१ को बराबरी खेलेको र अन्तिम ३२ मा सेनेगलविरुद्ध ३-२ को रोमाञ्चक पुनरागमन जित निकालेपछि यो बेल्जियमको सिएटलमा हुने तेस्रो खेल हुने छ।

अन्तिम १६ का खेलहरूको न्यूनतम टिकट मूल्य (जुन परिवर्तन भइरहन्छ)

मेक्सिको-इंग्ल्यान्ड (जुलाई ५, ह्युस्टन): ३,५७४ अमेरिकी डलर
अमेरिका-बेल्जियम (जुलाई ६, सिएटल): १,६३५ अमेरिकी डलर
अर्जन्टिना-इजिप्ट (जुलाई ७, एटलान्टा): १,५९९ अमेरिकी डलर
ब्राजिल-नर्वे (जुलाई ५, न्यू जर्सी): १,५३७ अमेरिकी डलर
पोर्चुगल-स्पेन (जुलाई ६, डलास): १,३६७ अमेरिकी डलर
स्विटजरल्यान्ड-कोलम्बिया (भ्यानकुभर): ९७२ अमेरिकी डलर
पाराग्वे-फ्रान्स (जुलाई ४, फिलाडेल्फिया): ९१४ अमेरिकी डलर (खेल भइसकेको)
क्यानडा- मोरक्को (जुलाई ४, ह्युस्टन): ७२१ अमेरिकी डलर (खेल भइसकेको)

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…