- एर्लिङ हालान्डले दुई गोल गर्दै नर्वेलाई ब्राजिललाई २-१ ले पराजित गरी विश्वकप २०२६ को क्वाटरफाइनलमा पुर्याए।
- ब्राजिलको ३६ वर्षपछि पहिलो पटक अन्तिम १६ मा पराजयका बावजुद नेयमारले इन्जुरी समयमा एक गोल फर्काएका थिए।
- खेलमा नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले ब्राजिलको प्रारम्भिक पेनाल्टी सेभ गर्दै नर्वेको ऐतिहासिक जितको आधारशिला राखे।
अर्लिङ हालान्डको उत्कृष्ट दुई गोलको मद्दतले नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले स्तब्ध पार्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
२८ वर्षपछि चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। अर्कोतर्फ, उपाधि दाबेदार मानिएको ब्राजिल भने ३६ वर्षपछि पहिलो पटक अन्तिम १६ बाटै बाहिरिन पुगेको छ। यसअघि ब्राजिल सन् १९९० को विश्वकपमा अन्तिम १६ बाटै घर फर्किएको थियो।
खेलमा ब्राजिलका ब्रुनो गुइमारेसले पहिलो हाफमा पेनाल्टी अवसर गुमाउन पुग्नु टिमका लागि महँगो सावित भयो। यो पेनाल्टी मिससँगै ब्रुनो गुइमारेस पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टी गोल गर्न असफल हुने पहिलो ब्राजिलियन खेलाडी बनेका छन्। यसअघि सन् १९८६ मा ब्राजिलका दिग्गज खेलाडी जिकोले फ्रान्सविरुद्ध पेनाल्टी मिस गरेका थिए।
खेलभरि खासै प्रभाव जमाउन नसकेका हालान्डले ७९औँ मिनेटमा आन्द्रेयास स्केल्डेरुपको उत्कृष्ट क्रसमा सेन्टर-ब्याक गाब्रिएललाई उछिन्दै हेडमार्फत आकर्षक गोल गरेर टिमलाई अग्रता दिलाए। त्यसपछि खेलको ९०औँ मिनेटमा हालान्डले बक्सबाहिरबाट शक्तिशाली ग्राउन्ड सट प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे।
इन्जुरी समयमा ब्राजिलले दोस्रो पेनाल्टी पाएको थियो। रेफ्री इस्माइल एलफाथले लियो ओस्टिगार्डले कासेमिरोलाई कुहिनाले प्रहार गरेको ठहर गरेपछि पेनाल्टी दिएका थिए। जसलाई सब्सटिच्युट खेलाडी नेमारले गोलमा परिणत गरे। तर त्यो गोल केवल सान्त्वना गोलका रुपमा सीमित रह्यो।
न्यु जर्सीमा भएको रोमाञ्चक खेलमा नर्वेले चौथो मिनेटमै प्याट्रिक बेर्गमार्फत गोल गरेको थियो। तर अलेक्जान्डर सोर्लोथ अफसाइड रहेको निर्णय भएपछि त्यो गोलले मान्यता पाएन। त्यसपछि ब्राजिलले १५औँ मिनेटमा अग्रता लिने सुनौलो अवसर पायो। क्रिस्टोफर आजेरले म्याथियस कुन्हालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पेनाल्टी दिइएको थियो। तर गिमारेसको कमजोर प्रहारलाई नर्वेका अनुभवी गोलरक्षक ओर्जान न्यालान्डले शानदार रूपमा बचाए।
३५ वर्षीय नाइलान्डले त्यसपछि पनि उत्कृष्ट प्रदर्शन गर्दै भिनिसियस जुनियरको प्रहारलाई रोकेर नर्वेको जितमा महत्वपूर्ण योगदान दिए। उनले दोस्रो हाफमा पनि ब्राजिलका उत्कृष्ट प्रहारलाई असफल बनाएका थिए। ५८औँ मिनेटमा कुन्हाको स्थानमा मैदान प्रवेश गरेका एन्ड्रिकले मैदान छिरेलगत्तै गोल गर्ने सुनौलो अवसर पाए पनि वान भर्सेस वानमा गोलरक्षकलाई छलेर गरेको प्रहार पोस्टभन्दा केही बाहिर बाट आउट हुँदा ब्राजिल अर्को अवसरबाट बाहिरिएको थियो।
प्रशिक्षक कार्लो एन्सेलोटीले त्यसको १० मिनेटपछि नेयमारलाई मैदानमा उतारे पनि खेलको अन्तिम चरणमा नर्वे नै हावी भयो।
गोलरक्षक एलिसनले स्केल्डेरुपको प्रहार रोके पनि त्यसपछि स्केल्डेरुपकै क्रसमा हालान्डले हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। ८६औँ मिनेटमा नाइलान्डले अर्को उत्कृष्ट बचाउ गर्दै ब्राजिलको प्रयासलाई पोस्टमा धकेले। त्यसको केहीबेरपछि हालान्डले दोस्रो गोल थप्दै प्रतियोगितामा आफ्नो गोल संख्या सात पुर्यालए। उनी अब गोल्डेन बुटको दौडमा केलियन एम्बाप्पे र लियोनेल मेसीसँगै संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।
भर्खरै
लोकप्रिय
