ट्रम्पको फोनपछि ‘रेड कार्ड’ प्रतिबन्ध फुकुवा! अमेरिकी खेलाडीमाथिको प्रतिबन्ध हटेपछि विश्व फुटबलमा तरंग

ट्रम्पको फोनपछि ‘रेड कार्ड’ प्रतिबन्ध फुकुवा! अमेरिकी खेलाडीमाथिको प्रतिबन्ध हटेपछि विश्व फुटबलमा तरंग
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी राष्ट्रपति ट्रम्पले फिफा अध्यक्षलाई फोन गरेपछि अमेरिकी स्ट्राइकर बालोगुनको निलम्बन तत्काल लागू नगरी स्थगित गरिएको छ।
  • बेल्जियम फुटबल संघ फिफाको निर्णयप्रति असन्तुष्ट भएको र कानुनी कारबाहीको विकल्पलाई अध्ययन गरिरहेको छ।
  • निर्णयनतर विवाद र ट्रम्पको भूमिकाबारे सामाजिक सञ्जालमा आक्रोश र अडकलहरूले बहस उत्पन्न गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्तिगत रूपमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गर्दै अमेरिकी खेलाडीमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेपछि विश्व फुटबलनै तरंगित बनेको छ।

आइतबार ट्रम्पको फोनपछि फिफाले अमेरिकी स्ट्राइकर फ्लोराइन बलोगुनमाथिको एक खेलको निलम्बन तत्काल लागू नगर्ने निर्णय गरेको छ। यससँगै बोस्निया एण्ड हर्जेगोभिनाविरुद्ध जुलाई १ मा रातो कार्ड पाएका बालोगुन अब बेल्जियमविरुद्ध अन्तिम १६ को खेल खेल्न योग्य भएका छन्।

निर्णय सार्वजनिक भएको केहीबेरमै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा फिफालाई धन्यवाद दिएका थिए। उनले लेखे ‘सही निर्णय गरेर ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद।’ पछि द न्यूयोर्क टाइम्स ले ट्रम्पले बुधबार इन्फान्टिनोलाई फोन गरी प्रतियोगितामा अमेरिकाका प्रमुख गोलकर्तामाथिको प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ।

बेल्जियम आक्रोशित, कानुनी कारबाहीको तयारी

फिफाको निर्णयप्रति रोयल बेल्जियन फुटबल एसोसिएसनले कडा असन्तुष्टि जनाएको छ। बेल्जियमले यो विषयलाई ‘कोर्ट अफ आर्विट्रेसन फर स्पोर्ट्स’ सम्म लैजाने विकल्पसमेत अध्ययन गरिरहेको बताइएको छ।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फिफा अनुशासन संहिताको धारा २७ अनुसार बालोगुनमाथि लगाइएको एक खेलको प्रतिबन्धको कार्यान्वयन एक वर्षको परीक्षण अवधिसम्म स्थगित गरिएको छ। यदि उनले उक्त अवधिमा यस्तै प्रकृतिको अर्को अनुशासनहीन व्यवहार दोहोर्यारए भने यो प्रतिबन्ध स्वतः लागू हुनेछ, साथै नयाँ कसुरका लागि थप कारबाही पनि हुनेछ।’

सामाजिक सञ्जालमा आक्रोस र अनुमान

ट्रम्पको पोस्ट सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा निर्णयमा उनको प्रभाव रहेको चर्चा सुरु भएको थियो। त्यसलाई थप बल पुग्यो जब बारस्टुल स्पोर्ट्सका संस्थापक डेभि पोर्टनोइले निर्णयअघि नै एक्समा ‘रातो कार्ड चाँडै उल्टिन सक्छ’ भन्ने संकेत गरेका थिए।

निर्णय सार्वजनिक भएपछि उनले ट्रम्पसँगको सम्पादित तस्बिर पोस्ट गर्दै व्यंग्यात्मक रूपमा लेखे, ‘धेरैले यो रातो कार्ड कसरी उल्टियो भनेर सोधिरहेका छन्। पर्दापछाडि के भयो? कसले काम गरायो? तर राम्रो पत्रकारले आफ्ना स्रोत कहिल्यै खुलाउँदैन।’

अर्को तर्फ बेल्जियम फुटबल संघले फिफाको निर्णय आफ्नै नियमविपरीत रहेको दाबी गरेको छ। संघका अनुसार फिफा अनुशासन संहिताको धारा ६६.४ मा रातो कार्ड पाउने खेलाडी स्वतः टोलीको अर्को खेलबाट निलम्बित हुने स्पष्ट व्यवस्था छ। यही नियम यस विश्वकपमा यसअघि रातो कार्ड पाएका सबै खेलाडीमा लागू गरिएको थियो।

त्यसैगरी, सन् २०२६ विश्वकप प्रतियोगिता नियमावलीको धारा १०.५ मा पनि प्रत्यक्ष वा दोस्रो पहेँलो कार्डका कारण रातो कार्ड पाउने खेलाडीले अनिवार्य रूपमा अर्को खेल गुमाउनुपर्ने उल्लेख छ। मे १२, २०२६ मा सहभागी सबै सदस्य राष्ट्रलाई पठाइएको फिफाको परिपत्र नम्बर १६ ले पनि यही व्यवस्थालाई पुनः पुष्टि गरेको बेल्जियमको दाबी छ।

साथै हरेक खेल अगाडि हुने फिफा विश्वकप २०२६ को ‘म्याच कोर्डिनेसन मिटिङ’ (खेल समन्वय बैठक) मा यो नियमलाई पटक-पटक दोहोर्यााइन्छ र फिफा विश्वकप २०२६ का सबै वर्कसप प्रिजेन्टेसनहरूमा पनि यसलाई समावेश गरिएको छ।
फिफा काउन्सिलकी सदस्य समेत रहेकी बेल्जियन फुटबल संघकी अध्यक्ष पास्काल भान डाम यस विषयमा भइरहेको निरन्तर छलफलकै बीच आइतबार सिएटल उडेकी छिन्। फिफाको यस निर्णयप्रति प्रतिक्रिया दिँदै अमेरिकी पुरुष राष्ट्रिय फुटबल टोली आइतबार भन्यो: ‘हामी अनुशासन समितिको निर्णयलाई स्वीकार गर्छौँ र भोलिको खेलका लागि फोलारिन बालोगन योग्य भएकोमा खुसी छौँ।’

यता, अमेरिकी प्रशिक्षक माउरिसियो पोचेटिनोले बालोगनको निलम्बनलाई चुनौती दिने प्रक्रियामा आफू संलग्न नरहेको स्पष्ट पारे। उनले भने आफ्नो ध्यान टोलीलाई बेल्जियम विरुद्धको खेलका लागि तयार पार्नमा मात्र केन्द्रित रहेको बताएका छन्।

‘द डेली मेल’का अनुसार अमेरिकी टोलीलाई आइतबार बिहान नै यो निर्णयबारे जानकारी गराइएको थियो। यद्यपि, खेलाडीहरूलाई तुरुन्तै नभनिएकाले उनीहरूले पछि सामाजिक सञ्जालमार्फत मात्र यसबारे थाहा पाएका थिए।
बोस्निया एन्ड हर्जगोभिना विरुद्ध अमेरिकाको २-० को जितका क्रममा रेड कार्ड पाएपछि बालोगनले केही दिनको मौनता तोड्दै उक्त घटनामा पहेँलो कार्ड मात्र पाउनु न्यायसङ्गत हुने दाबी गरेका थिए।

रातो कार्ड पाएपछि एक खेल स्वत प्रतिबन्ध

फिफाको प्रतियोगिता नियमावलीको धारा १०.५ अन्तर्गत, रेड कार्ड पाएपछि स्वतः एक खेलको अनिवार्य निलम्बन भोग्नुपर्ने प्रावधान छ। फिफाका धेरै अधिकारीहरूले यसअघि नै राष्ट्रिय टोलीहरूलाई रेड कार्ड वा त्यसपछिका अनुशासनिक कारबाहीहरू विरुद्ध औपचारिक रूपमा अपिल गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेका थिए।

तर, खेलको सर्वोच्च निकायको न्यायिक समितिले तत्कालको प्रतिबन्धलाई पन्छाउन अनुशासन संहिताको धारा २७ भित्र रहेको एउटा दुर्लभ प्रावधानको प्रयोग गर्यो। यो विशेष नियमले अनुशासन समितिलाई कुनै पनि अनुशासनिक कारबाहीको कार्यान्वयनलाई पूर्ण वा आंशिक रूपमा स्थगित (निलम्बन) गर्ने अधिकार दिन्छ।

अनुशासन निकायले भर्खरै मात्र प्रतियोगिता सुरु हुनुअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको हकमा पनि ठ्याक्कै यही परीक्षणकाल (प्रोबेसनरी) सम्बन्धी नियम लागू गरेको थियो। नोभेम्बर २०२५ मा रिपब्लिक अफ आयरल्यान्ड विरुद्धको विश्वकप छनोट खेलका क्रममा हिंसात्मक व्यवहारका कारण रेड कार्ड पाएपछि रोनाल्डोले सुरुमा प्रतिबन्धको सामना गरेका थिए। डब्लिनमा भएको उक्त खेलमा पोर्चुगल २-० ले पराजित हुँदा रोनाल्डोले डिफेन्डर दारा ओ’सीलाई कुहिनोले हानेपछि मैदानबाट बाहिरिनु परेको थियो। तर, आर्मेनिया विरुद्धको अर्को खेलमा पोर्चुगल ९-१ ले विजयी हुँदा रोनाल्डोले एक खेलको निलम्बन भोगिसकेपछि फिफाले हस्तक्षेप गरेको थियो। अहिले भने ‘अनिवार्य’ निलम्बनलाई नै फिफाले उल्टाएपछि विश्व फुटबलमा बहस सुरु भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…