- मौसम खराबीका कारण मेक्सिको र इंग्ल्यान्डको खेल नेपाली समय अनुसार ६:४५ बजे मात्र सुरु हुनेछ।
- फिफाले खेल सुरु हुन ढिलाइ भएपनि सबैको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदमहरू चालिएको जनाएको छ।
- खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि मियामीमा नर्वेको सामना आगामी जुलाई ११ मा गर्नेछ।
विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ मा आयोजक मेक्सिको र इंग्ल्यान्डबिचको खेलमा मौसम खराब भएपछि खेल सुरु गर्न १ घन्टा ढिला हुने भएको छ। नेपाली समय अनुसार बिहान ५:४५ बाट खेल सुरु हुने कार्यतालिका थियो। अब खेल कम्तिमा ६:४५ बजे मात्र सुरु हुने छ।
फिफाका अनुसार मेक्सिको सिटीको खराब मौसम र रङ्गशालाको आसपासमा चट्याङ पर्न सक्ने जोखिमका कारण, मेक्सिको र इङ्गल्यान्डबीच हुने विश्वकप २०२६ को अन्तिम १६ को खेल निर्धारित समयभन्दा १ घन्टा ढिला गरी खेल सुरु हुने जनाइएको छ।
फिफाले सबै व्यक्तिको सुरक्षा र संवेदनशीलता नै फिफाको पहिलो प्राथमिकता भएको भन्दै सम्पूर्ण प्रशंसकहरूलाई सहयोगका लागि धन्यवाद दिएको छ।
अहिले खराब मौसमका कारण प्रतिष्ठित ‘एज्टेका रङ्गशाला’ मा दर्शकले समेत सास्ति भोगिरहनु परेको छ। भीषण आँधीबेहरीको सम्भावनाका कारण मानिसहरूलाई सुरक्षित स्थानमै बस्न आदेश जारी गरिएको छ। आजको यस खेलको विजेताले आगामी जुलाई ११ मा सेमिफाइनल प्रवेशका लागि मियामीमा नर्वेको सामना गर्ने छ।
एस्टाडियो एज्टेका रङ्गशाला समुद्र सतहबाट २,२४० मिटरको उचाइमा अवस्थित छ। जसका कारण इंग्लिस खेलाडीहरुलाई अल्टिच्युड समस्या हुने भन्दै ‘भियाग्रा’ प्रयोगको अनुमति दिएको थियो। जसले शरिरमा रगतलाई बग्न सहज बनाउने भएकाले खेलाडीलाई अक्सिजनको कमि महसुस हुन नदिने बताइन्छ।
भर्खरै
लोकप्रिय
