के रेफ्रिकै कारण अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो? किन आक्रोशित भए इजिप्टका प्रशिक्षक?

के रेफ्रिकै कारण अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो? किन आक्रोशित भए इजिप्टका प्रशिक्षक?
+
-
देशसञ्चार AI सारांश
  • एट्लान्टामा अर्जेन्टिनाले ३-२ को पुनरागमन जीत हात पारेपछि खेलमा धाँधलीको आरोप लगाउँदै इजिप्टका प्रशिक्षकले फिफामाथि आक्रोश पोखेका छन्।
  • खेलको अन्त्यतिर रेफ्रीका निर्णय विवादास्पद ठहरिँदा इजिप्टका खेलाडी र प्रशासकहरू म्याच अफिसियलहरूलाई आरोपित गर्दै निराश बने।
  • फिफा र इन्फान्टिनोमाथि खेलकुदमा अन्याय र व्यावसायिक स्वार्थका लागि साना राष्ट्रलाई पन्छाइएको आरोपहरु उठेका छन्।

एट्लान्टामा मंगलबार भएको रोमान्चक खेलमा अर्जेन्टिनाले ३-२ को अविश्वसनिय पुनरागमन गर्यो। ७८ मिनेट सम्म २-० ले पछि परेको अर्जेन्टिनाले त्यसपछि १३ मिनेटमा ३ गोल गर्दै ३-२ को उत्कृष्ट पुनरागमन जित निकाल्यो।

यो खेललाई लिएर विश्वभर बहस भइरहेको छ। इजिप्टका प्रशिक्षक होसाम हसनले त रेफ्रीकै कारण इजिप्ट बाहिरिएको र विश्वकपमा ‘धाँधली’ भएको आरोप लगाए। उनका अनुसार विवादास्पद भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को निर्णयका कारण हार बेहोरेको उनको बुझाइ छ। उनका अनुसार फिफाले लियोनेल मेसीलाई जसरी पनि प्रतियोगितामा राखिराख्न चाहेको समेत भन्न भ्याए।

खेलको निर्धारित समय सकिन १२ मिनेट बाँकी छँदासम्म अर्जेन्टिना २-० ले पछि परेको थियो र प्रतियोगिताबाट बाहिरिने पक्काजस्तै देखिन्थ्यो। तर, खेलको अन्तिम समयमा क्रिस्टियन रोमेरो, लियोनेल मेसी र एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अविश्वसनीय जित दिलाए।

९३औँ मिनेटमा फर्नान्डेजले निर्णायक हेड गोल गरेपछि मैदानको टचलाइनमा तनाव उत्पन्न भयो। इजिप्टका खेलाडी र अफिसियलहरू रेफ्री फ्रान्स्वा लेटेक्सियरमाथि खनिए। त्यस क्रममा इजिप्टका गोलकिपर प्रशिक्षक साफान एल-सागरले रातो कार्ड पाए भने म्यानेजर हसनलाई रेफ्रीसँग झगडा गर्नबाट रोक्न समातेर टाढा लैजानुपरेको थियो।

अर्जेन्टिनाले विजयी गोल गर्नु ठीक अघि मोहामेद सलाहलाई बक्सभित्र जुलियन अल्भारेजले लडाएका थिए। तर रेफ्री र भिएआर दुवैले इजिप्टलाई पेनाल्टी दिएनन्, जसले गर्दा इजिप्ट टोली आक्रोशित बनेको थियो।

‘खेलकुद व्यापार र मार्केटिङको चपेटामा’
यसअघि दोस्रो हाफको सुरुवातमै इजिप्टले गरेको एउटा गोललाई पनि भिएआरले फल भएको भन्दै रद्द गरिदिएको थियो। खेलभरि धेरैजसो निर्णयहरू साविक विजेता अर्जेन्टिनाको पक्षमा गएको भन्दै त्यहि कारणले उनीहरू क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको प्रशिक्षकको आरोप छ।

खेलपछि आफ्नो आक्रोश र पिडा मिश्रीत देखिएका म्यानेजर हसनले फिफामाथि व्यापारिक स्वार्थका कारण मेसीलाई प्रतियोगितामा टिकाइराख्न चरम धाँधली भएको बताए।
भावुक हुँदै हसनले भने ‘हामीले उत्कृष्ट खेल्यौँ, तर फुटबल इतिहासमै हामीमाथि अन्यायपूर्ण निर्णयहरु भए। यो सबै मार्केटिङको खेल हुन सक्छ। उनीहरू साविक विजेता टोली र मेसीलाई प्रतियोगितामा देख्न र टिकाउन चाहन्छन्।’

उनले थपे ‘म आफ्ना खेलाडीहरूलाई धन्यवाद दिन्छु। इजिप्ट, अरब र अफ्रिकाका सबै समर्थकहरूलाई म भन्न चाहन्छु तपाईंहरू जतिसुकै मिहिनेत गर्नुस्, कहिलेकाहीँ मैदान बाहिरका तत्वहरूले तपाईंलाई रोक्छन्। विश्व विजेता टोलीका लागि चारैतिरबाट सहयोग र मार्केटिङको आड छ।’

इजिप्टका गोलकर्ताले भने,’अर्जेन्टिनालाई उपाधिका लागि तयार गरिएको छ’

खेलको १५औँ मिनेटमा यासेर इब्राहिम र दोस्रो हाफमा मोस्ताफा जिकोले गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाएका थिए। तर हारपछि दोस्रो गोलकर्ता जिकोले आँसु बगाउँदै रेफ्रीलाई ‘अन्यायी’ को संज्ञा दिए। जिकोले रुँदै भने ‘रेफ्री निष्पक्ष भएनन्। उनले एउटा सिङ्गो राष्ट्रको मिहिनेत बर्बाद पारिदिए। हामीले २-० को अग्रता लिएका थियौँ, तर कप कसलाई दिने भन्ने पहिले नै तय भइसकेको जस्तो देखिन्छ। अर्जेन्टिनालाई पहिले नै बधाई छ।’

फिफा अध्यक्ष इन्फान्टिनोनै साना राष्ट्र हराउन लागेका छन्?
फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि अचेल विवादमा छन्। अर्जेन्टिनाले केप भर्डलाई हराउँदा उनले खुसी मनाएको भन्दै आलोचना भएको थियो, यद्यपि उनले आफू तटस्थ रहेको दाबी गरेका छन्। इजिप्ट बाहिरिएलगत्तै वैंकुभरमा भएको अर्को खेलका क्रममा इन्फान्टिनोले इजिप्टको झण्डा फहराएका थिए, जसलाई धेरैले आफ्नो बचाउ गर्ने प्रयासको रूपमा हेरेका छन्।

समर्थक र आलोचकहरुले फिफा वा इन्फान्टिनो विरुद्ध भ्रष्टाचार वा म्याच ‘फिक्सिङ’ को आरोप लगाउने गरेका छन्। इजिप्टको हारको क्रममा रेफ्री लेटेक्सियरले गरेको पहिलो ठूलो निर्णय पहिलो हाफमा अर्जेन्टिनालाई पेनाल्टी दिनु भएको बताए।

एट्लान्टामा खेल सकिएको केही समय पछि, फिफाले पुष्टि गर्योल कि मोरक्को विरुद्ध फ्रान्सको क्वाटरफाइनलका सबै अधिकारीहरू अर्जेन्टिनी हुने छन्। यस प्रतियोगितामा पहिलो पटक सबै म्याच रेफ्रीहरू एउटै देशका हुने निर्णयलाई पनि पक्षपातीपूर्ण भनिएको छ।

केही फ्यानहरूले इजिप्टको हारको परिणामलाई उनीहरुले अर्जेन्टिनालाइ विगत देखिनै फिफाले सहयोग गरेको रुपमा हेर्छन्। अर्जेन्टिनाको पछिल्ला १२ विश्वकप खेलहरूमा उल्लेखनीय आठ वटा पेनाल्टीहरू दिइएको छ, जसमा सन् २०२२ मा कतारमा उनीहरूको विजयको लागि महत्त्वपूर्ण साबित भएको उनीहरुको बुझाइ छ।

शनिबार अर्लिङ हालान्डको नर्वे र इंग्ल्याण्ड बिचको विजेतासँग सेमिफाइनलमा सम्भावित भिडन्त हुनु अघि अर्जेन्टिनाले स्विट्जरल्याण्डको चुनौती पन्छाउनु पर्ने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…