इजिप्टले दियो रेफ्रीबिरुद्ध फिफामा उजुरी, आगामी खेलमा प्रतिबन्ध लगाउँदै छानबिन गर्न माग

इजिप्टले दियो रेफ्रीबिरुद्ध फिफामा उजुरी, आगामी खेलमा प्रतिबन्ध लगाउँदै छानबिन गर्न माग
+
-
देशसञ्चार AI सारांश
  • इजिप्टले खेल रेफ्रीहरूको शङ्कास्पद निर्णयका कारण विश्वकपबाट बाहिरिनु परेको भन्दै फिफामा उजुरी दर्ता गरेको छ।
  • रेफ्रीहरूले इजिप्टको वैध गोल र पेनाल्टीलाई अस्वीकार गरेर पक्षपात गरेको आरोप इजिप्टले लगाएको छ।
  • आक्रोशित इजिप्टका प्रशिक्षकले न्यायको अभावमा अब कहिल्यै विश्वकप नहेर्ने घोषणा गरेका छन्।

काठमाडौँ– इजिप्ट र अर्जेन्टिनाबीचको विश्वकप अन्तिम १६ को खेलपछि इजिप्टसियन फुटबल एसोसिएससन (इएफए) ले फिफामा उजुरी गरेको छ। उजुरीमा अन्तिम १६ को खेलका रेफ्री तथा भिएआरका टोलीमाथि आगामी खेलका लागि जिम्मेवारी नदिन (प्रतिबन्ध लगाउन) र छानबिन गर्न माग गरिएको छ।

‘द फाराओज’ अर्थात इजिप्ट क्वाटरफाइनलतर्फ अघि बढिरहेको थियो। तर अन्तिम समयमा तीन गोल खान पुग्दा टोली पीडादायी तरिकाले प्रतियोगिताबाट बाहिरियो। यो नमीठो झट्कालाई इजिप्टले सहजै स्वीकार गर्न सकिरहेको छैन।

इजिप्ट फुटबल संघका अध्यक्षले ‘सङ्कास्पद र पक्षपातपूर्ण गल्ती’ गर्ने मुख्य रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री लगायतको टोलीमाथि छानबिनको माग गर्दै फिफा (फिफा) मा उजुरी दर्ता गर्ने घोषणा गरेका छन्। यता टोलीका प्रशिक्षकले आक्रोश पोख्दै अब कहिल्यै विश्वकप नहेर्ने घोषणा गरेका छन्।

इजिप्ट फुटबल संघका अध्यक्ष हानी अबु रिदाले मंगलबार राति (बुधबार बिहान) फिफासमक्ष फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सिएरविरुद्ध छानबिनको माग गर्दै उजुरी दिने घोषणा गरेका थिए। ती रेफ्रीले इजिप्ट र अर्जेन्टिनाबीचको रोमाञ्चक अन्तिम १६ को खेल खेलाएका थिए, जहाँ इजिप्ट ३-२ ले पराजित भएको थियो।

खेलका दौरान रेफ्रीले इजिप्टको एउटा गोललाई विवादास्पद रूपमा अमान्य घोषित गरिदिएका थिए। अबु रिदाका अनुसार, ‘खेल अधिकारीहरूको टोलीले गरेका शङ्कास्पद गल्तीहरू र उनीहरूको दोहोरो मापदण्डका कारण इजिप्टले हार बेहोर्नुपरेको र विश्वकपबाट बाहिरिनुपरेको’ भन्दै यो उजुरी दिएको बताए। उनले भिएआर रेफ्रीसहित खेलमा खटिएका सम्पूर्ण रेफ्री टोलीमाथि नै छानबिन हुनुपर्ने माग राखेका छन्।

‘म अब कहिल्यै विश्वकप हेर्ने छैन’

‘रेफ्रीहरूले धेरै स-साना गल्तीहरू गरे र इजिप्टको पक्षमा हुनुपर्ने कतिपय घटनाहरूलाई भिएआर मार्फत पुनः हेर्न समेत अस्विकार गरे। हाम्रो दृढ विश्वास छ कि फाराओज (इजिप्ट) ले गरेको त्यो गोल पूर्ण रूपमा वैध थियो र हामीले एउटा पेनाल्टी पनि पाउनुपर्ने थियो’, फुटबल संघका अध्यक्षले भने। अबु रिदाले ती मुख्य रेफ्री र उनको टोलीलाई बाँकी विश्वकपका खेलहरू सञ्चालन गर्न नपाउने गरी तत्काल हटाउन समेत माग गरेका छन्।

खेल सकिएलगत्तै इजरायलको झण्डा बोकेका दर्शकहरूसँग भनाभनमा उत्रिएका इजिप्टका मुख्य प्रशिक्षक होसाम हसन पनि निकै आक्रोशित देखिएका थिए। खेलपछि ‘बीइन स्पोर्ट्स’ सँग कुरा गर्दै उनले कडा शब्दमा असन्तुष्टि पोखे।

उनले भने, ‘यहाँ जे भइरहेको छ, त्यो सरासर अन्याय हो। अर्जेन्टिनाको यो जित कुनै पनि हालतमा न्यायसंगत छैन। म आफ्नो देश र घर फर्केपछि कहिल्यै विश्वकप हेर्ने छैन, किनकि यो प्रतियोगितामा न्याय भन्ने चिज नै छैन।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…