बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा, फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्ने
+
-
देशसञ्चार AI सारांश
  • निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई सेमिफाइनलमा प्रवेश गराए।
  • बेल्जियमले गोलरक्षकले वानटच समाउन नसकेपछि रिबाउन्ड गोल खाएको थियो र अन्तिम समयमा गोल खान पुग्यो।
  • फाइनल प्रवेशका लागि स्पेन अब फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ।

फिफा विश्वकप फुटबलमा स्पेनले सेमिफाइनलमा स्थान बनाएको छ। ८८ औं मिनेटमा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका मिकेल मेरिनोले निर्णायक गोल गरेपछि स्पेनले बेल्जियमलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। यसअघि उनले पोर्चुगल विरुद्ध पनि इन्जुरी समयमा निर्णायक गोल गर्दै टिमलाई क्वार्टरफाइनल प्रवेश गराएका थिए।

बेल्जियमले खेलमा दुबै गोल गोलरक्षकले वानटच समाउन नसकेपछि रिबाउन्डमा खाएका थए। पहिलो रोजाइका गोलरक्षक थिवाउट कोर्टुवा इन्जुरी पछि दोस्रो हाफमा मैदान छोड्न पुगेका थिए। त्यसपछि मैदानमा आएका सेन लामेन्सले निर्धारित समयको २ मिनेट बाँकी रहँदा गोल खान पुगेका थिए।

करिब २५ यार्डबाट पाउ कुबार्सिसले गरेको प्रहारलाई वानटच समाउन नसक्दा पाएको रिबाउन्डलाई सब्स्टिच्युट मकेल मेरिनोले गोलमा परिणत गर्दै स्पेनको जित निश्चित गरेका थिए।

त्यसअघि खेलको ३० औं मिनेटमा फावियन लुइजको गोलमा स्पेनले अग्रता लिएको थियो। तर ४२ औं मिनेटमा चार्लेस डि केटेलाएराले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए। उनले कास्टाग्नेकको क्रसलाई आकर्षक हेड गर्दै टिमका लागि बराबरी गोल गरेका थिए।

तर दोस्रो हाफको अन्तिम समयमा बेल्जियम गोल खान पुग्दा प्रतियोगिताबाट बाहिरियो। अब स्पेनले फाइनल प्रवेशका लागि  १४ जुलाईमा डलासमा हुने सेमिफाइनलमा फ्रान्सको सामना गर्ने छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…