अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा
+
-
देशसञ्चार AI सारांश
  • इंग्ल्यान्डले विश्वकपको तेस्रो क्वाटरफाइनलमा नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।
  • जुड बेलिङ्घमले निर्धारित समयमा १-० को घाटा रहेको अवस्थामा गोल गर्दै खेल बराबरीमा ल्याए।
  • दोस्रो हाफमा भिएआरले नर्वेको अग्रता अस्वीकृत गरेपछि, अतिरिक्त समयमा बेलिङ्घमले निर्णायक गोल गरे।

जारी विश्वकप फुटबलको तेस्रो क्वाटरफाइनलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। २०१८ पछि सेमिफाइनलमा स्थान बनाउने क्रममा उसका स्टार स्ट्राइक जुड बेलिङ्घमले २ गोल गरे। इंग्ल्यान्डको यो समग्रमा चौंथो सेमिफाइनल यात्रा हो।

निर्धारित समय १-१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो। जहाँ इंग्ल्यान्डले अग्रता बनाउँदै खेल २-१ ले आफ्नो पक्षमा पार्यो।

अतिरिक्त समयको तेस्रो मिनेटमानै मोर्गन रोजर्सले प्रहार गरेको बल नर्वेका गोलरक्षक ओर्जान नाइलान्डले सहजै नियन्त्रण गर्ने अवस्थाबिच उनले हातबाट बल फुत्काएपछि जुड बेलिङ्घमले रिबाउन्डमा कुनै गल्ती गरेनन्।

त्यसअघि निर्धारित समयमा पनि नर्वेसँग १-० ले पछि रहेको अवस्थामा बेलिङ्घमलेनै इंग्ल्यान्डलाई खेलमा फर्काएका थिए। निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

खेलमा नर्वेले पहिलो हाफमै अग्रता लिएको थियो। उसका लागि आन्द्रेयाश शेल्डेरुपले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। तर पहिलो हाफमै इंग्ल्यान्डका जुड बेलिङ्घमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि दोस्रो हाफमा पुन नर्वेले अग्रता बनाएपनि भिएआरले नर्वेको अग्रतालाई ‘डिसअलाउड’ गरेपछि इंग्ल्यान्डले राहत महसुस गरेको थियो।

अतिरिक्त समयमा रेफ्रिले इंग्ल्यान्डलाई पेनाल्टीको मौका दिएको भएपनि भिएआर चेकपछि नर्वेका खेलाडीको कुनै फल नदेखिंदा पेनाल्टी रद्द गरिएको थियो। इंग्ल्यान्डले अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डको विजेतासँग खेल्ने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…