फिफाको नयाँ नियमको सिकार बने ब्रिल एम्बोलो, किन दियो रातो कार्ड?

फिफाको नयाँ नियमको सिकार बने ब्रिल एम्बोलो, किन दियो रातो कार्ड?
+
-
देशसञ्चार AI सारांश
  • स्विट्जरल्यान्डका ब्रिल एम्बोलो गलत पहिचान नियम लागू गरिएपछि रातो कार्ड पाउने विश्वकपका पहिलो खेलाडी भए।
  • स्विट्जरल्यान्डका प्रशिक्षक मुराट याकिनले निर्णयप्रति असन्तुष्टि जनाउँदै नियमलाई फुटबलसँग असम्बन्धित भनेका छन्।
  • विश्लेषकहरूले एम्बोलोको कार्यलाई गैर जिम्मेवार ठहर्याउँदै उनको टोलीलाई नोक्सान पुर्‍याएको बताएका छन्।

जारी विश्वकप फुटबलमा फिफाले लागू गरेको ‘गलत खेलाडीलाई कारबाही गरिएको निर्णय सच्याउने’ (मिस्टेक आइडेन्टिटी)को नयाँ नियमका कारण रातो कार्ड पाउने पहिलो खेलाडी स्विट्जरल्यान्डका ब्रिल एम्बोलो बने।

अर्जेन्टिनाविरुद्धको क्वार्टरफाइनलमा पहिलो हाफमै पहेँलो कार्ड पाएका स्विट्जरल्यान्डका स्ट्राइकर एम्बोलोलाई खेलको ७२औँ मिनेटमा डाइभिङ (सिमुलेसन) गरेको आरोपमा दोस्रो पहेँलो कार्ड देखाइँदा मैदान छाड्न बाध्य हुनुपर्‍यो।

सुरुमा रेफ्री जोआओ पिन्हेइरोले अर्जेन्टिनाका लिएन्ड्रो पारेडेसलाई लापरबाहीपूर्ण ट्याकल गरेको भन्दै पहेँलो कार्ड देखाएका थिए। तर भिडियो सहायक रेफ्री (भिएआर) को सुझावपछि उनले भिडियो हेरेर निर्णय पुनः समीक्षा गरे।

भिडियो हेरेपछि पिन्हेइरोले पारेडेसले फाउल नगरेको र एम्बोलोले आफैं डाइभिङ गरेको निष्कर्ष निकाल्दै पारेडेसको कार्ड फिर्ता लिए र त्यसको सट्टा एम्बोलोलाई पहेंलो कार्ड देखाए। त्यो एम्बोलोको दोस्रो पहेंलो भएकाले उनी रातो कार्डसहित मैदानबाट बाहिरिए।

त्यतिबेला स्विट्जरल्यान्डले पाँच मिनेटअघि मात्रै बराबरी गोल फर्काएर खेलमा पुनरागमन गरेको थियो। त्यसैले रातो कार्ड पाएपछि २९ वर्षीय एम्बोलो आँसु झार्दै मैदान छाडेका थिए भने उनका टोलीका साथीहरूले उनलाई सम्हाल्ने प्रयास गरेका थिए।

प्रशिक्षक याकिनको आक्रोश
स्विट्जरल्यान्डका मुख्य प्रशिक्षक मुराट याकिनले निर्णयप्रति कडा असन्तुष्टि जनाए। ‘पहेंलो कार्ड देखाउनुपर्ने कुनै कारण नै थिएन। त्यो सामान्य अवस्था थियो, खेललाई अघि बढ्न दिनुपर्थ्यो।’ उनले थपे ‘स्वीकार्य हुन नसक्ने एउटा नियमका कारण हामी सजायमा पर्यौँ । यो नियम मलै बुझ्नै सकेको छैन्। भिएआरले अनावश्यक हस्तक्षेप गर्योर, जसले हामीलाई निकै पीडा दियो। यस्तो नियमको फुटबलसँग कुनै सम्बन्ध छैन।’ उनले थपे ‘यसले हाम्रो खेल नै बिगारिदियो। हामी निर्णय स्वीकार गर्छौँ, तर यसरी हार्नु अत्यन्त पीडादायी हो।’

विश्लेषकहरूको फरक धारणा
यद्यपि, खेल विश्लेषकहरूले भने एम्बोलोप्रति खासै सहानुभूति देखाएनन्। पूर्व मेजर लिग सकर (एमएलएस) स्ट्राइकर ब्राड्ली राइट-फिलिप्सले एम्बोलोका टोलीका साथीहरूका लागि दुःख लागेको छ, तर एम्बोलोका लागि होइन। उनले आफ्नो टोलीलाई सम्भावित सेमिफाइनल पुग्ने अवसर गुमाइदिएको बताए।

पूर्वजमैका अन्तर्राष्ट्रिय खेलाडी जोबी म्याकअनफले पनि एम्बोलोले आफूलाई मात्र होइन, आफ्ना टोलीका साथीहरूलाई पनि निराश बनाएको बताए। १० खेलाडीमा सीमित बनेको स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा अर्जेन्टिनाले ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

हारपछि प्रशिक्षक याकिनले आफ्ना खेलाडीको प्रशंसा गर्दै भने, ‘यो टोलीमा अद्भुत जोश छ। एक खेलाडी कम हुँदा पनि हामीले अन्तिमसम्म संघर्ष गर्योँ। सबै खेलाडीप्रति म अत्यन्त गर्व गर्छु।’

नयाँ नियम के हो?
यस विश्वकपअघि फिफाले रेफ्रीसम्बन्धी केही नयाँ नियम लागू गरेको छ। त्यसमध्ये एक हो ‘मिसटेकन आइडेन्टिटी’ अर्थात् गलत खेलाडीलाई दिइएको अनुशासनात्मक कारबाही सच्याउने व्यवस्था।

यस नियमअनुसार, यदि रेफ्रीले कुनै खेलाडीलाई पहेँलो वा रातो कार्ड देखाए तर भिडियो समीक्षा गर्दा वास्तवमा फाउल विपक्षी खेलाडीले गरेको पुष्टि भयो भने भिएआरको सिफारिसमा निर्णय परिवर्तन गर्न सकिन्छ। यदि सुरुमा पारेडेसलाई पहेँलो कार्ड देखाइएको नै नभएको भए यो नियम लागू हुने थिएन र एम्बोलोले रातो कार्ड पनि पाउने थिएनन्।

यस नियम पहिलो पटक प्रतियोगिताको सुरुवातमै अमेरिकाका डिफेन्डर टिम रिमको खेलमा प्रयोग गरिएको थियो। सुरुमा उनलाई फाउल गरेको भन्दै पहेँलो कार्ड दिइएको थियो। तर भिएआरले समीक्षा गर्न पठाएपछि रेफ्री ड्यानी माक्केलीले निर्णय उल्ट्याउँदै रिमको कार्ड फिर्ता लिए र डाइभिङ गरेको भन्दै पाराग्वेका मिगुएल अल्मिरोनलाई पहेँलो कार्ड देखाएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…