फ्रान्स स्पेन सेमिफाइनल: एम्बाप्पेको ‘स्पिड’विरुद्ध यामलको ‘ड्रिब्लिङ’

फ्रान्स स्पेन सेमिफाइनल: एम्बाप्पेको ‘स्पिड’विरुद्ध यामलको ‘ड्रिब्लिङ’
+
-
देशसञ्चार AI सारांश
  • केलियन एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्सले दोस्रो विश्वकप सेमिफाइनलमा स्पेनसँग भिड्दै इतिहास रच्ने लक्ष्य लिएको छ।
  • फ्रान्स र स्पेनबीच सेमिफाइनल खेलमा फरक शैलीको भिडन्त हुँदैछ, जहाँ तीव्र खेल शैलीको फ्रान्स र संयमित स्पेन आमनेसामने छन्।
  • किनभने एफिसन्ट फ्रान्स र संयमित स्पेनको खेल दुवै टोलीहरूको प्रतिस्पर्धात्मक क्षमतासहित दर्शकका लागि रोमाञ्चक हुनेछ।

आज विश्वकप फुटबलमा एक अर्को ऐतिहासिक प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार मध्यराति १२:४५ मा सुरु हुने विश्वकपको पहिलो सेमिफाइनल विश्व फुटबल समर्थकका लागि प्रतिक्षित छ।

यो खेलमा केलियन एम्बाप्पेको नेतृत्वमा रहफ्रान्सले विश्वकप उपाधिको यात्रालाई निरन्तरता दिने लक्ष्यसहित लमिन यामालको स्पेनसँग भिड्दै छ।

दुवै खेलाडी आ-आफ्ना विशेष्ताका लागि परिचित भएकाले सेमिफाइनलमा कस्को जादु प्रभावकारी होला त्यो बहुप्रतिक्षित छ।
दुई पटकको विश्वविजेता फ्रान्स, तेस्रो उपाधि जित्ने प्रबल दाबेदारका रूपमा, युरोपियन च्याम्पियन स्पेनसँग अहिलेसम्मकै सबैभन्दा ठूलो खेल खेल्न तयार छ। यदि फ्रान्सले यो खेल जित्यो भने, लगातार तीन विश्वकप फाइनल खेल्ने दोस्रो युरोपेली राष्ट्र बन्ने इतिहास रच्नेछ।

यसअघि यस्तो उपलब्धि पश्चिम जर्मनीले हासिल गरेको थियो। तर फ्रान्सको बाटोमा उभिएको छ बलियो र संयमित स्पेन, जससँग उसको लामो र ऐतिहासिक प्रतिस्पर्धा रहँदै आएको छ। मंगलबार राति हुने पहिलो सेमिफाइनलमा दुई फरक शैलीको भिडन्त हुने छ। एकातिर एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्सको ‘तिब्र’ खेल शैली लङ रेन्ज सट र खतरनाक याट्याकिङ हुँदा अर्कोतिर उत्कृष्ट बल पोसेसन र संयमित खेल र सटिक पास र उत्कृष्ट सट शैलीका लागि स्पेन परिचित छ।

दुवै टोली सेमिफाइनलसम्म कसरी पुगे?
फ्रान्स समूह ‘आई’ मा सबै तीन खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा रह्यो। उसले नर्वे, सेनेगल र इराकलाई पराजित गर्यो। नकआउट चरणमा स्विडेनलाई ३-० ले हरायो, त्यसपछि पाराग्वेलाई १-० ले पाखा लगायो र क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा पुग्यो।

स्पेन समूह ‘एच’ मा ७ अंकसहित शीर्ष स्थानमा रह्यो। उसले साउदी अरेबिया र उरुग्वेलाई हरायो भने केप भर्डेसँग बराबरी खेल्यो। नकआउटमा अस्ट्रियालाई ३-० ले पराजित गर्यो, त्यसपछि पोर्चुगललाई अन्तिम समयमा गरेको गोलमार्फत १-० ले हरायो। क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।

यो फ्रान्सेली टोलीले अझै केही जितेको छैन: एम्बाप्पे
फ्रान्सको आक्रमण विश्वकपकै सबैभन्दा घातक सावित भएको छ। कप्तान केलियन एम्बाप्पे ले पाँच खेलमा आठ गोल गर्दै गोल्डेन बुट दौडमा अग्रता लिएका छन्। ओस्मान डेम्बेलेले पाँच गोल गरेका छन् भने ब्राड्ली बार्कोलाले दुई गोल थपेका छन्। माइकल ओलिसे पाँच असिस्टसहित टोलीका उत्कृष्ट प्लेमेकर बनेका छन्।

यति प्रभावशाली प्रदर्शनपछि पनि एम्बाप्पेले आफ्नो टोलीले अझै केही हासिल नगरेको बताएका छन्। उनले भने ‘म सन् २०१८ मा विश्व च्याम्पियन बनेको थिएँ र २०२२ मा उपविजेता। तर अहिलेको यो टोलीले अझै केही जितेको छैन’ एम्बाप्पेले भने।

तीन विश्वकपमा २० खेल खेल्दै २० गोल गरिसकेका एम्बाप्पेले थपे, ‘तर यो टोलीमा सबैभन्दा धेरै सम्भावना छ। यहाँ असाधारण प्रतिभा छ, जसले ठूलो सपना देख्न प्रेरित गर्छ।’ फ्रान्स पछिल्ला सात विश्वकपमध्ये चार पटक फाइनल पुगेको छ। उसले १९९८ र २०१८ मा उपाधि जित्यो भने २००६ र २०२२ मा उपविजेतामा सीमित भयो।

फाइनलअघि नै अर्को फाइनल: स्पेन प्रशिक्षक
फ्रान्सको विपरीत, स्पेनले संयमित र सन्तुलित खेल शैली अपनाएको छ। ‘ला रोजा’ ले प्रतियोगिताभर केवल एक गोल मात्र खाएको छ, त्यो पनि बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा। रोड्री, पेड्री र डानी ओल्मोको मिडफिल्डले खेलमाथि निरन्तर नियन्त्रण कायम राख्दै आएको छ।

स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्ते ले फ्रान्सविरुद्धको खेललाई निकै महत्वपूर्ण बताएका छन्। उनले भने ‘यो खेललाई फाइनलअघि नै अर्को फाइनल भन्नु अतिशयोक्ति हुँदैन’ उनले थपे,’हामी फाइनल पुग्न सक्ने टोलीमध्ये एक हौं। अब हाम्रो सम्पूर्ण ध्यान फ्रान्समाथि छ। हामीलाई फ्रान्सको शक्ति राम्रोसँग थाहा छ। तर सेमिफाइनलमा उनीहरूलाई दुई पटक हराएको टोली पनि हामी नै हौं।’

स्पेनले युरो २०२४ को सेमिफाइनल र २०२५ को यूईएफए नेसन्स लिग सेमिफाइनलमा फ्रान्सलाई हराएको थियो।

खेलको अनुमान
अप्टाको सुपरकम्प्युटरका अनुसार फ्रान्सले निर्धारित ९० मिनेटभित्र जित्ने सम्भावना ४२.१ प्रतिशत रहेको छ। अर्को तर्फ स्पेनले जित्ने सम्भावना ३१.८ प्रतिशत रहँदा खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २६.१ प्रतिशत रहेको अनुमान गरेको छ।

फ्रान्स र स्पेनबीचको विजेताले आइतबार न्यु जर्सीमा हुने फाइनलमा इङ्ग्ल्यान्ड वा अर्जेन्टिना बिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

फ्रान्स र स्पेनबीच अहिलेसम्म ३८ खेल भएका छन्। स्पेनले १८ खेलमा जित निकाल्दा फ्रान्सले १३ खेल जितेको छ। जहाँ ७ बराबरी भएका छन्। पछिल्लो भेट २०२५ को यूईएफए नेसन्स लिग सेमिफाइनलमा भएको थियो, जहाँ स्पेनले रोमाञ्चक खेलमा फ्रान्सलाई ५-४ ले हराएको थियो। त्यस खेलमा लमिन यामालले दुई गोल गरेका थिए।

पछिल्ला पाँच भेट
स्पेन ५-४ फ्रान्स (यूईएफए नेसन्स लिग २०२५ सेमिफाइनल)
स्पेन २–१ फ्रान्स (युरो २०२४ सेमिफाइनल)
स्पेन १-२ फ्रान्स (यूईएफए नेसन्स लिग २०२१ फाइनल)
फ्रान्स ०-२ स्पेन (मैत्रीपूर्ण खेल, २०१७)
फ्रान्स १-० स्पेन (मैत्रीपूर्ण खेल, २०१४)

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…