एसीसी यु-१९ महिला प्रिमियर कप:

हङकङमाथि नेपालको प्रभावशाली जित

हङकङमाथि नेपालको प्रभावशाली जित
+
-
देशसञ्चार AI सारांश
  • नेपालले एसीसी यु-१९ महिला प्रिमियर कपमा हङकङलाई १८१ रनको ठूलो अन्तरले पराजित गर्दै दोस्रो जित दर्ता गर्यो।
  • कप्तान सोनी पाख्रिनले ९० रन जोड्दै उत्कृष्ट प्रदर्शन गर्दा सावित्री धामीले ५२ रनको अर्धशतकीय इनिङ खेलिन्।
  • हङकङलाई २१२ रनको लक्ष्य पछ्याउन असफल बनाउँदै नेपालकी कप्तानले ४ ओभरमा ४ विकेट हात पारिन्।

काठमाडौँ- नेपालले एसीसी यु-१९ महिला प्रिमियर कपमालगातार दोस्रो खेलमा जित हासिल गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले हङकङलाई १ सय ८१ रनको फराकिलो अन्तरले हराउँदै आफ्नो जित यात्रा कायम राख्यो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई १ सय ५१ रनले पराजित गरेको थियो।

आज भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर २ सय ११ रनको विशाल स्कोर खडा गरेको थियो। नेपालका लागि कप्तान सोनी पाख्रिनले ६० बलमा सर्वाधिक ९० रन बनाउँदा उनले १३ चौका र १ छक्का प्रहार गरेकी थिइन् । त्यस्तै ओपनर सावित्री धामी ३६ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेलिन्।

त्यस्तै अलिसा कुमारी यादवले १२ बलमा २३ रनको इनिङ खेलिन्। हङकङका लागि निम्रा अरबले दुई विकेट लिइन्।

२ सय १२ रनको उच्च लक्ष्य पछ्याएको हङकङलगातार विकेट पतनको सिकार भयो। हङकङकी वङ विङ किउ हेलीले मात्रै दोहोरो स्कोरमा रन बटुल्न सकिन्। उनले टिक्नका लागि अत्याधिक प्रयास गरेपनि रन स्कोर बनाउन भने सकिनन्। उनले ४५ बलमा १३ रन जोडेकी थिइन्।

नेपालकी कप्तान सोनी पाख्रिन बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरिन्। उनले ४ ओभरमा ४ रन मात्रै दिएर ४ विकेट लिइन्। मनिषा उपाध्यायले २ विकेट हात पारिन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…