फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा
+
-
देशसञ्चार AI सारांश
  • स्पेनले फ्रान्सलाई २-० ले हराउँदै १६ वर्षपछि विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ।
  • खेलको २२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै मिकेल ओयालजार्बालले स्पेनलाई अग्रता दिलाए।
  • अब स्पेनले उपाधि जित्नका लागि इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको विजेतासँग भिड्नुपर्नेछ।

विश्वकप फुटबलमा स्पेनले १६ वर्षपछि फाइनलमा स्थान बनाएको छ। बुधबार बिहान सम्पन्न फाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो।

खेलमा स्पेनले फ्रान्स विरुद्ध निकै उत्कृष्ट प्रदर्शन गरेको थियो। खेलमा पहिलो र दोस्रो हाफमा स्पेनले समान १-१ गोल गर्दै फ्रान्सलाई निरास बनायो।

खेलको २२ औं मिनेटमा फ्रेन्च खेलाडी लुकास डिनले लामिन यामललाई फल गरेपछि पाएको पेनाल्टीलाई मिकेल ओयालजार्बालले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए। २९ वर्षीइ रियल सोसिडाडका यि स्टार जारी विश्वकपमा ५ गोल पुर्याएका छन्।

डलास स्टेडियममा भएको सेमिफाइनलमा उपाधिको प्रबल दाबेदार फ्रान्स यसअघि जस्तो आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन असफल भयो। अर्को तर्फ लुइस डे ला फुएन्तेको टोलीले स्टार खेलाडीहरूले भरिएको फ्रान्सको आक्रमणलाई प्रभावहीन बनाइदियो।

खेलमाअग्रता लिएपछि स्पेनले आफ्नो पकड अझ बलियो बनाएको थियो। पहिलो हाफमा अपेक्षाअनुसार खेल्न नसकेको फ्रान्स दोस्रो हाफमा पुनरागमन गर्ने आशामा थियो। तर, फेरि पनि स्पेन नै हाबी बन्यो। दानी ओल्मोसँग उत्कृष्ट ‘वान–टु’ पास खेलेपछि पेड्रो पोरोले ५८ औं मिनेटमा पोस्ट नजिकैबाट दोस्रो गोल गरेको थियो।

बाँकी करिब आधा घण्टा फ्रान्सले खेलमा फर्किने प्रयास गरे पनि अत्यन्त अनुशासित स्पेनी रक्षापंक्तिलाई भेद्न सकेन। यस प्रतियोगिताभर स्पेनले जम्मा एक गोल मात्रै बेहोरेको छ, र सेमिफाइनलमा पनि उनीहरूको रक्षात्मक प्रदर्शन उत्कृष्ट रह्यो। अन्तिमसम्म स्पेन शान्त, संयमित र स्तरिय खेलमा कायम रह्यो र कुनै दबाबबिनै खेल आफ्नो पक्षमा टुंग्यायो।

यस हारसँगै फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल पुग्ने सपना समाप्त भएको छ। अब उसले शनिबार तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ। साथै, प्रतियोगिता सकिएसँगै १४ वर्षदेखि टोली सम्हाल्दै आएका मुख्य प्रशिक्षक डिडिएर डेसाँको कार्यकाल पनि समाप्त हुने छ।

उता स्पेन भने अब न्यु जर्सीमा हुने विश्वकप फाइनलको तयारीमा जुट्नेछ। उपाधिका लागि उसले इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। स्पेन दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा हुने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…