डेस च्याम्पको खराब रणनीति हारको कारण भएको एम्बाप्पेको आरोप, जिदान बन्न सक्छन् प्रशिक्षक

डेस च्याम्पको खराब रणनीति हारको कारण भएको एम्बाप्पेको आरोप, जिदान बन्न सक्छन् प्रशिक्षक
+
-
देशसञ्चार AI सारांश
  • फ्रान्सका कप्तान केलियन एमबाप्पेले विश्वकप सेमिफाइनलमा स्पेनसँगको हारलाई कोच डेसचाम्प्सको रणनीतिक असफलता भनी असन्तुष्टि व्यक्त गरे।
  • स्पेनले बल नियन्त्रण गर्दै फ्रान्सलाई हराएपछि डेसचाम्प्सले अन्तिम खेलको तयारीमा थिए, र अब जिनेदिन जिदान उनको उत्तराधिकारी हुने सम्भावना छ।
  • एमबाप्पेले प्राविधिक कमजोरी र खेलाडीबीच सञ्चारको अभावलाई हारको मुख्य कारण ठहर गर्दै जिम्मेवारी स्वीकार गरेका छन्।

फ्रान्सका कप्तान केलियन एमबाप्पेले विश्वकप सेमिफाइनलमा स्पेनसँग २-० को हारपछि टोलीका मुख्य प्रशिक्षक डिडिए डेसचाम्प्सको रणनीतिमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले टोलीका खेलाडीबीच आवश्यक सञ्चारको अभाव र प्राविधिक कमजोरी नै हारको मुख्य कारण बनेको बताएका छन्।

रियल म्याड्रिडका सुपरस्टार एमबाप्पे, बायर्न म्युनिखका माइकल ओलिसे र बालोन डी’ओर विजेता उस्मान डेम्बेलेजस्ता स्टार खेलाडीका कारण फ्रान्सलाई प्रतियोगिताको प्रमुख उपाधि दाबेदार मानिएको थियो। तर एकताबद्ध र अनुशासित स्पेनी टोलीविरुद्ध फ्रान्स निरीह देखिन पुग्दा अहिले विश्वभर फ्रान्सको आलोचना भएको छ।

स्पेनले कुनैपनि समय फ्रान्सलाई खेलमा हावि हुन नदिइ खेल २-० को सहज जित निकाल्दै आइतबार हुने फाइनलमा स्थान बनायो, जहाँ उसले इंग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग खेल्ने छ।

डलासमा भएको हारपछि फ्रान्सेली सञ्चारमाध्यम ल’एकिपले एमबाप्पेलाई केवल १० मध्ये ३ अंक दिएको छ। खेलपछि उनले मैदानमा रणनीतिक कमजोरी स्पष्ट देखिएको बताए।

उनले भने ‘हामी मिडफिल्डमा दुई खेलाडीविरुद्ध तीन खेलाडी लिएर खेलिरहेका थियौं, र स्पेनजस्तो टोलीविरुद्ध त्यो निकै कठिन हुन्छ। फाबियन रुइज र रोड्रीले सहज रूपमा खेल सञ्चालन गर्ने समय पाए।’ एमबाप्पेले भने। उनले थपे, ‘हामीले प्रेसिङ गर्दा खेलाडीहरूबीच पर्याप्त कम्युनिकेशन भएन। मेरो विचारमा हामीले ‘म्यान-टु-म्यान’ प्रेसिङ गर्नुपर्थ्यो र उनीहरूलाई दबाबमा पार्नुपर्थ्यो।’

एमबाप्पेका अनुसार फ्रान्सले आफूले चाहेको स्तरको खेल नै खेल्न असफल भयो। उनले भने ‘प्राविधिक र रणनीतिक दुवै हिसाबले हामी आफ्नो योजनाअनुसार खेल्न सकेनौं। विश्वकपको सेमिफाइनलमा गर्नुपर्ने काम नगरेपछि जित्न सकिँदैन।’ उनले भने
एम्बाप्पेले भने ‘स्पेनले आफ्नो खेल योजना र शैलीलाई पूर्ण रूपमा पालना गर्योे। उनीहरू बल र खेलको गति नियन्त्रण गर्न मन पराउँछन्। हाम्रो योजना उनीहरूलाई उच्च प्रेसिङ गरेर आफ्नो लय बनाउन नदिने थियो, किनकि खेल नियन्त्रण गर्ने मामिलामा उनीहरू हामीभन्दा उत्कृष्ट छन्। तर हामी त्यसमा सफल हुन सकेनौं।’

एमबाप्पेले टोलीको प्राविधिक प्रदर्शनमाथि पनि प्रश्न उठाए। ‘हामी प्राविधिक रूपमा निकै कमजोर भयौं। बल खोसेपछि पनि पहिलो टच राम्रो हुन सकेन। त्यसैले अवसरहरू खेर गए र हार बेहोर्नुपर्योस। यो ठूलो निराशा हो। तर निष्पक्ष रूपमा भन्नुपर्दा, फाइनल पुग्न आवश्यक सबै पक्ष हामीले देखाउन सकेनौं।’

उनले टिम हार्दै गर्दा हुने आलोचना स्वभाविक भएको बताए। उनले भने ‘जित्दा सबै प्रशंसा पाउँछौं, हार्दा आलोचना पनि स्वीकार गर्नुपर्छ। त्यसको जिम्मेवारी म पनि लिन्छु।’ एमबाप्पेले आफ्नो सम्पूर्ण अन्तर्राष्ट्रिय करियर डेसचाम्प्सकै प्रशिक्षणमा बिताएका छन्।
सन् २०१८ को विश्वकपमा उनलाई अन्तर्राष्ट्रिय फुटबलमा स्थापित गराउने पनि डेसचाम्प्स नै हुन्। तीन वर्षअघि उनले एन्टोइन ग्रिजमनबाट कप्तानी खोसेर एमबाप्पेलाई जिम्मेवारी दिएका थिए।

यसैबीच, मंगलबारको हार डेसचाम्प्सको फ्रान्स प्रशिक्षकका रूपमा अन्तिमअघिल्लो खेल बन्यो। प्रतियोगिता समाप्तिसँगै उनले पद छाड्ने यसअघि नै घोषणा गरिसकेका छन्। अब उनले इंग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनलका पराजित टोलीसँग शनिबार हुने तेस्रो स्थानको खेलमा अन्तिम पटक फ्रान्सको नेतृत्व गर्ने छन्।

डेसचाम्प्सको स्थानमा फ्रान्सका महान् पूर्वखेलाडी जिनेदिन जिदान नियुक्त हुने लगभग निश्चित मानिएको छ। सन् २०२१ मा रियल म्याड्रिड छाडेपछि जिदान राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने अवसरको प्रतीक्षामा थिए।

रिपोर्टअनुसार जिदानले आफ्नो प्रशिक्षक टोलीमा पूर्व गोलकिपर तथा पूर्व सहकर्मी फाबियन बार्थेजलाई पनि समावेश गर्ने योजना बनाएका छन्। डलासको हारपछि फ्रान्स फुटबल महासंघले जिदानको नियुक्ति प्रक्रिया तीव्र बनाएको बताइएको छ।

एमबाप्पे र जिदानबीच पनि राम्रो सम्बन्ध रहेको विश्वास गरिन्छ। दुवैको निकटता फ्रान्स राष्ट्रिय टोलीका सुरक्षा प्रमुख मोहम्मद सनहाद्जीसँगको मित्रताका कारण अझ बलियो बनेको बताइन्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…