इंग्ल्यान्डविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना फाइनलमा

इंग्ल्यान्डविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना फाइनलमा
+
-
देशसञ्चार AI सारांश
  • लियोनेल मेस्सीले सात मिनेटभित्र दुई गोल गर्दै अर्जेन्टिनालाई पुनरागमन २-१ जित दिलाए र फाइनलमा प्रवेश गर्‍यो।

  • अन्तिम मिनेटमा लाउटारो मार्टिनेजको निर्णायक गोलले इंग्ल्यान्डलाई स्तब्ध पार्दै अर्जेन्टिनाले रोमाञ्चक सेमिफाइनल जित्यो।

  • टुचेलको रक्षात्मक रणनीतिले इंग्ल्यान्डलाई महँगो परेको कारण अर्जेन्टिनाको आक्रमणलाई रोक्न असफल देखियो।

लियोनेल मेसी एकपटक पुन नायक सावित भएको खेलमा सात मिनेट भित्र दुई गोल गर्दै अर्जेन्टिनाले  विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ। लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउने क्रममा सेमिफाइनलमा  इंग्ल्यान्ड विरुद्ध उत्कृष्ट २-१ को पुनरागमन जित सम्भव बनाउँदै फाइनलमा स्थान बनाएको हो।

अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने छ। पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्स सँग प्रतिस्पर्धा गर्ने छ। खेलमा १-० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै खेलको अन्ततिर लगातार दूई गोल गर्दै २-१ को उत्कृष्ट जित सहित स्पेन विरुद्धको फाइनल तय गर्यो।

खेलमा इंग्ल्यान्डले ५५ औं मिनेटमा एन्थोनी गोर्डनको गोलमा अग्रता लिएको थियो। उनले मोर्सन रोजर्सको क्रसलाई आकर्षक गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। तर खेलमा अग्रता बनाएपछि पूर्ण दबाबमा परेको इंग्ल्यान्ड विरुद्ध ८५ औं मिनेटमा एन्जो फर्नान्डेजले लियोनेल मेसीको उत्कष्ट पासलाई लङ रेन्ज प्रहार गर्दै गोलमा परिणत गरे।

९ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा लियोनेल मेसीकै क्रसलाई ८० औं मिनेटमा सब्सटिच्युट आएका लाउटारो मार्टिनेजले आकर्षक हेड गर्दै खेलमा निर्णायक अग्रता दिलाए।

थोमस टुचेलको टोली १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने बाटोमा देखिएको थियो। जहाँ उसले खेलको ५५औँ मिनेटमा अग्रता बनाएर खेललाई ८५ मिनेट सम्म अग्रता जोगायो। तर अन्तिम पाँच मिनेटमा  लियोनेल मेसीले खेलको रूप नै बदलिदिंदा इंग्ल्यान्ड स्तब्ध बन्न पुग्यो।

खेल सुरु हुनुअघि नै एटलान्टा स्टेडियमभित्र र बाहिरको माहोल निकै तातिएको थियो। त्यसको असर मैदानमा पनि देखियो। पहिलो हाफमा मात्रै १९ वटा फाउल भए र अमेरिकी रेफ्री इस्माइल एलफाथलाई खेल नियन्त्रणमा राख्न निकै कठिन भयो।

पहिलो हाफमा एन्जो फर्नान्डेजको लामो दूरीको प्रहार लक्ष्यभन्दा थोरैले बाहिरिंदा सम्भावित अग्रताबाट अर्जेन्टिना चुकेको थियो। तर दोस्रो हाफमा पाएको एउटा उत्कृष्ट मौकालाइ इंग्ल्यान्डले सदुपयोग गर्यो। गोल खाएपछि एकपछि अर्का उत्कृष्ट आक्रमणलाई इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारी रहे। तर अन्तत उनको केही सिप चलेन।

इंग्ल्यान्डमाथि दबाब बढ्दै जाँदा एलेक्सिस म्याक एलिस्टरको हेडर पोस्टमा लाग्यो। अन्ततः खेल सकिन पाँच मिनेट बाँकी रहँदा फर्नान्डेजले २५ यार्ड टाढाबाट गरेको शानदार प्रहारले पिकफोर्डलाई निराश बनाउँदै बराबरी गोलमा परिणत भयो। टुचेलले चार जना सेन्टर डिफेन्डरसहित पेनाल्टी क्षेत्र जोगाउने रणनीति अपनाए पनि अर्जेन्टिनाको आक्रमण रोक्न सकेनन्। म्याक एलिस्टरको अर्को प्रहार फेरि पोस्टमा लाग्यो र अन्ततः ९२औँ मिनेटमा लाउटारो मार्टिनेजले विजयी गोल गर्दै अत्यन्त रोमाञ्चक सेमिफाइनल अर्जेन्टिनाको पक्षमा टुंग्याए।

टुचेलको रक्षात्मक रणनीति इंग्ल्यान्डलाई महँगो 

जित हात पार्ने अवस्थाबाट पछि हट्ने इंग्ल्यान्डको पुरानो समस्या फेरि दोहोरियो। सर गारेथ साउथगेटको कार्यकालमा जस्तै यसपटक पनि टोली अत्यधिक रक्षात्मक बन्दा त्यसको मूल्य चुकाउनुपर्‍यो। मुख्य प्रशिक्षक थोमस टुचेल पनि यसको मुख्य जिम्मेवार बने।

गोर्डनको गोलपछि इंग्ल्यान्ड खेल नियन्त्रणमा राख्न सफल देखिए पनि त्यसपछि टोली निकै पछाडि हट्यो। खेल सकिन १८ मिनेट बाँकी रहँदा गोलकर्ता गोर्डनलाई निकालेर डिफेन्डर एज्री कोन्सालाई मैदानमा उतार्ने निर्णयले टोली झन् रक्षात्मक बन्यो। अग्ला र बलिया डिफेन्डर ड्यान बर्नलाई मैदानमा पठाउने रणनीतिले पनि अपेक्षित नतिजा दिएन।

यसपछि अर्जेन्टिनाले इंग्ल्यान्डलाई आफ्नै पेनाल्टी क्षेत्रभित्र नियन्त्रीत गर्दै लगातार दबाब सिर्जना गर्‍यो। अन्ततः इंग्ल्यान्डको रक्षा पर्खाल भत्कियो र अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै फाइनलको टिकट सुरक्षित गर्‍यो।

हालका वर्षहरूमा इंग्ल्यान्डले भोगेका धेरै निराशामध्ये यो सायद सबैभन्दा पीडादायी हार हो। किनकि फाइनल केवल केही मिनेट टाढा थियो, तर अन्त्य फेरि उस्तै तितो बन्दा इंग्ल्यान्डको प्रतिक्षा फेरी लम्बिन पुग्यो।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…