आरसीबी ९ वर्षपछि आइपीएलको फाइनलमा

आरसीबी ९ वर्षपछि आइपीएलको फाइनलमा
+
-

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले ९ वर्षपछि फाइनलमा स्थान बनाएको छ। बिहीबार भएको प्रतियोगिताको पहिलो क्वालिफायरमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै आरसीबीले फाइनलमा स्थान बनाएको हो।

यसअघि टिमले २०१६ मा पछिल्लो पटक उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेको थियो। आइपीएलमा आरसीबीको यो चौंथो फाइनल यात्रा हो। यसअघि उसले २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो। उसले यसअघिका सबै तीन फाइनल गुमायो। पहिलो फाइनल डेकन चार्जस सँग हार्दा २०११ मा चेन्नइ सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग बैंगलोर पराजित भएको थियो।

बिहीबार न्यु चन्डीगरमा भएको क्वालिफायर खेलमा आरसीबीले टस जितेर पञ्जाबलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। जहाँ पञ्जाब १ सय १ रनमै समेटियो। उक्त लक्ष्य आरसीबीले १० ओभरमै २ विकेट गुमाएर भेटायो।

आरसीबीको जितमा फिल साल्टले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा मंयक अग्रवालले १९ रन बनाए। त्यस्तै कप्तान रजत पाटिदारले १५ रन बनाउँदा विराट कोहली १२ रन बनाएर आउट भएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबका लागि मार्कुस स्टोइनिसले २६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक प्रभसिम्रन सिंहले १८ र अजमुतुल्लाह ओमरजाइले १८ रन बनाए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्। पञ्जाबलाई सस्तैमा समेट्ने क्रममा जोस ह्याजलवुड र सुयश शर्माले समान ३-३ विकेट लिएका थिए। त्यस्तै भुवनेश्वर कुमार र रोमारियो सेफर्डले समान १-१ विकेट लिए।

अब पञ्जाबले दोस्रो क्वालिफायरमा शुक्रबार हुने गुजरात र मुम्बइबिचको विजेतासँग खेल्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?