एएफसी एसियाकप छनोट: घरेलु मैदानको अन्तिम छनोट खेल लाओसमा खेल्दै नेपाल

एएफसी एसियाकप छनोट: घरेलु मैदानको अन्तिम छनोट खेल लाओसमा खेल्दै नेपाल
+
-
देशसञ्चार AI सारांश
  • नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसियाकप छनोटमा लाओससँगको अन्तिम खेल लाओसको मैदानमा खेल्दैछ।
  • दशरथ रंगशाला अयोग्य भएपछि नेपालले सबै घरेलु खेल विपक्षीको मैदानमा खेल्नु परेको छ।
  • प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि यो खेलमा नेपाली टिमको मनोबल र आत्माविश्वास बढाउनु चुनौतीपूर्ण छ।

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियाकप अन्तर्गत छनोटको अन्तिम खेलमा लाओससँग साँझ ५: ४५ मा प्रतिस्पर्धा गर्दै छ।

यो खेल नेपालको घरेलु मैदानमा हुनु पर्ने भएपनि नेपालको असक्षमताका कारण लाओसमै खेल्न लागेको हो। यसअघिका एसियाकप छनोटका घरेलु खेलहरु पनि नेपालले विपक्षीका मैदानमै खेल्नु परेको थियो।

एएफसी एसियन कप २०२७ को तेस्रो चरण छनोटबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाका रुपमा मात्र रहेको छ। यो खेलबाट नेपाली टोली पहिलो पटक समालिरहेका प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि भने महत्वपूर्ण छ। किनकी उनी आफ्नो नेपाल बसाइलाइ सुखद बनाउन सिमित हुने अन्तर्राष्ट्रिय खेलको आफ्नो पहिलो अनुभव सुखद रहोस् भन्ने प्रतिक्षामा छन्।

५२ वर्षीय यी इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली टिमसँग परिचित हुँदै गर्दा अहिले नेपाली फुटबल प्रतिबन्ध उन्मुख छ। केही दिनमै फिफाले नेपाललाइ प्रतिबन्ध गर्न सक्ने चरच् बिच उनका लागि टिमको आत्माविश्वास र मनोबल बढाउनु चुनौतीपूर्ण छ।

किनकी कुनैपनि खेलाडी मानसिक रुपमा बलियो अवस्थामा छैनन्। लाओससँगको खेलको तयारीकै लागि नेपालले १२ चैतमा हङकङसँगको मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो। तर एन्फा र राखेपको द्वन्द्धका कारण सो खेल रद्ध हुन पुग्यो। एन्फा र राखेपको द्वन्दमा लाओस सँगको खेल समेत अनिश्चित बनिरहँदा यो खेलका लागि भने टोली लाओस पुग्न सफल भयो।

पटक-पटक अयोग्य दशरथ रंगशाला

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु दर्शकमाझ हुनु पर्ने थियो। एसियन कप छनोटको तेस्रो चरणमा चार टोलीले होम एण्ड अवे प्रणालीमा घरमा तीन र बाहिर तीन खेल खेल्ने प्रावधान अनुरुप नेपालले कम्तिमा तीन खेल घरेलु मैदानमा खेल्ने पक्का थियो।

तर दुर्भाग्य सबै खेल नेपालले विपक्षीकै मेदानमा खेल्नु पर्यो। विगत दुई वर्षदेखी दशरथ रंगशाला अन्तर्राष्ट्रिय रुपमा ‘अयोग्य’ बन्दा नेपालले कुनै पनि खेल घरेलु मैदानमा खेल्न पाएन। खासमा राखेप र एन्फाको जुहारीका कारण पूर्वाधार भएरपनि ‘मेन्टिनेन्स’ नहुँदा दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय खेल गुमिरहेका छन्।

जसले नेपाली फुटबलप्रतिको समर्थकको क्रेज कमजोर हुँदै गएको छ। नेपालले समूह एफमा यसअघि मलेसिया र भियतनाम विरुद्धको होम म्याच सोही देशकै घरेलु मैदानमा गएर खेलेको थियो। अहिले त नेपाली फुटबल राखेपको प्रतिबन्धमा छ।

आगामी दिन नेपाली फुटबलका लागि झनै सकसपूर्ण देखिने सम्भावना छ। यस्तो मनोविज्ञानबिच आज हुने खेलमा नेपालले जितेमा ‘वोनस’ खुसीका रुमपा यो खेल रहने छ। हारेमा संधैको नतिजाको निरन्तरताका रुपमा समर्थकले लिने छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…