- अर्लिङ हालान्डको ह्याट्रिक मद्दतले म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा लिभरपुललाई पराजित गरेको छ।
- मोहम्मद सलाहले पेनाल्टी मिस गर्ने क्रममा लिभरपुल ४-० को हारमा परी प्रशिक्षक स्लटमाथि दबाब बढेका छ।
- सिटीले घरेलु मैदानमा लगातार १८औं जित दर्ता गर्दै एफए कप सेमिफाइनलमा ठाउँ बनाएको छ।
अर्लिङ हालान्डले १८ मिनेट भित्र ह्याट्रिक गर्दा लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिटी लगातार आठौं सिजन एफए कपको सेमिफाइनलमा पुगेको हो।
लिभरपुलका लागि भने मोहम्मद सलाहले पेनाल्टी मिस गर्दा टिम समस्यामा परेको थियो। इतिहाद स्टेडियममा ४-० को हारले लिभरपुलका प्रशिक्षक आर्ने स्लटमाथि थप दबाब सिर्जना गरेको छ।
हालान्डले खेलका ३९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई राम्रो सुरुआत दिलाए। पहिलो हाफको अतिरिक्त समयमा एन्टोइन सेमेन्योको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरे। त्यसपछि ५७औं मिनेटमा क्रसबारबाट फर्किएको बललाई गोल गर्दै उनले सिटीका लागि यस सिजनको पहिलो र सन् २०२२ मा क्लबमा आबद्ध भएयता १२औं ह्याट्रिक पूरा गरे।
सेमेन्योले ५०औं मिनेटमा अर्को गोल थपे। दुई हप्ताअघि वेम्ब्ली स्टेडियममा आर्सनललाई हराउँदै इङ्लिस लिग कप जितेको सिटीका लागि यो त्यसपछि पहिलो खेल थियो। एफए कप सेमिफाइनलका लागि सिटी यही महिना फेरि वेम्ब्ली फर्किने छ।
हालैको अन्तर्राष्ट्रिय विश्राममा ९ वर्षपछि लिभरपुल छोड्ने घोषणा गरेका सलाहले आफ्नो बिदाइ यात्रा सुरु गरे पनि गोल गर्न सकेनन्। उनले पाएका थुप्रै अवसरमध्ये उत्कृष्ट अवसर ६४औं मिनेटमा पाएको पेनाल्टी थियो। तर, सिटीका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट बचाउ गर्दै त्यसलाई रोकिदिए।
सन् २०१७ देखि एफए कपमा सिटीको घरेलु मैदानमा यो लगातार १८औं जित हो। पेप ग्वार्डिओलाको टोलीले लगातार सात पटक एफए कप फाइनल पुग्ने क्लाफाम रोभर्सको कीर्तिमान बराबरी गरेको थियो। तर, अब त्यो कीर्तिमान एक्लै आफ्नो नाममा राखेको छ।
अन्य खेलमा शनिबार चेल्सीले तेस्रो डिभिजनको पोर्ट भेलसँग खेल्दैछ भने आर्सनल दोस्रो डिभिजनको साउथह्याम्प्टनको मैदानमा उत्रिने छ। सेमिफाइनलको ‘ड्र’ आइतबार हुनेछ।
भर्खरै
लोकप्रिय
