मोनालिशा गिफ्ट अफ चेसकी एम्बासडर

मोनालिशा गिफ्ट अफ चेसकी एम्बासडर
+
-
देशसञ्चार AI सारांश
  • संयुक्त राष्ट्र संघको मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले मोनालिशा खम्बूलाई नेपालको लागि एम्बासडर घोषणा गरेको छ।
  • खम्बूलाई एम्बासडर चयन गर्दा उहाँको दुई दशक लामो चेस यात्राबाट नेपालमा १ हजार चेस सेट वितरण गर्ने कोषको योजना छ।
  • खम्बू नेपालका कीर्तिमानी चेस खेलाडी र प्रशिक्षक हुन्, जसले हिमालयन चेस एकेडेमीबाट दुई सय भन्दा बढीलाई प्रशिक्षण दिएकी छन्।

काठमाडौं – संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालको लागि एम्बासडर’ घोषणा गरेको छ।

न्यूयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले आफ्नो एक्स (पूर्वट्वीटर) र इन्स्टाग्राम अकाउन्टमार्फत् विहीबार खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो। यससँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बनेकी छन्। बोर्डभित्र र बाहिरका उपलब्धिका लागि मोनालिशा खम्बूलाई एम्बासडर चयन गरेको गिफ्ट अफ चेसले जनाएको छ।

उनको चेसमा दुई दशक बढी यात्राको कथा पोष्ट गर्दै गिफ्ट अफ चेसले खम्बूको माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा १ हजार चेस सेट वितरण गर्ने पनि उल्लेख गरेको छ। २०२० डिसेम्बरमा स्थापित परोपकारी संस्था गिफ्ट अफ चेस सन् २०३० सम्म विश्वभरि १० लाख चेस सेट वितरण गर्ने अभियानमा रहेको छ। उसले ७० देशमा २ लाख चेस सेट वितरण गरिसकेको बताएको छ।

खम्बू महिलातर्फ कीर्तिमानी पहिलो राष्ट्रिय चेस च्याम्पियन, हईएस्ट रेटेड खेलाडी (फिडे रेटिङ १८७७), पहिलो इन्टरनेसनल आबिर्टर (आईए) हुन्। १४ वर्षकी छँदै एसियन गेम्स (सन् २००६ दोहा) मा देशको प्रतिनिधित्व गरेकी उनले एसियन गेम्स २ पल्ट, इन्डोर एसियन गेम्स ३ पल्ट, चेस ओलम्पियाड ३ पल्ट खेलेकी छन्। उनी चेस ओलम्पियाड (सन् २०२२ चेन्नाई) मा आर्बिटर बन्ने पहिलो नेपाली महिला पनि हुन्। नेपाल चेस महासंघमा उपमहासचिव रहेकी उनी विश्व चेस महासंघको फिडे कमिसन फर वुमेन्स चेसकी सदस्य पनि हुन्।

उनले दुई वर्षअघि हिमालयन चेस एकेडेमी स्थापना गरेयता २ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हलमा प्रशिक्षण दिइसकेको छ। एकेडेमीले स्कुल, समुदाय, महिलासहित अटिजम प्रभावितलाई समेत नियमित चेस ट्रेनिङ दिइरहेको छ। दुई वर्षभित्रै क्लासिकल, र्यापिड, ब्लिज र पजल सोल्भिङ गरी चेसका १४ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको एकेडेमीले करिब तीन दर्जन प्रतियोगिताको व्यवस्थापन पनि गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…