आइपीएल: मुम्बई र आरसीबीको खेलमा ४ सय ६२ रन

आइपीएल: मुम्बई र आरसीबीको खेलमा ४ सय ६२ रन
+
-
देशसञ्चार AI सारांश
  • हाइस्कोरिङ खेलमा आरसीबीले मुम्बईलाई १८ रनले पराजित गर्दै तेस्रो जित हासिल गरेको छ।
  • फिल साल्टले सर्वाधिक ७८ रन बनाए, जबकी विराट कोहली र रजत पाटिदारले पनि अर्धशतक बनाए।
  • मुम्बईका सर्फन रुथफोर्डले अविजित ७१ रन बनाउँदै नौ छक्काको शानदार प्रदर्शन गरे।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरु (आरसीबी) र मुम्बई इन्डियन्सको खेलमा ४ सय ६२ रन बनेको छ।

हाइस्कोरिङ खेलमा आरसीबीले मुम्बलाई १८ रनले पराजित गर्दै तेस्रो जित हासिल गरेको छ। मुम्बईको भने यो पहिलो खेल पछि लगातार तेस्रो हार हो।

टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो। उसका लागि फिल साल्टले सर्वाधिक ७८ रन बनाए। उनले ३६ बलमा समान ६ चौका र छक्का प्रहार गरे।

त्यस्तै, विराट कोहलीले ३८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए। त्यस्तै, रजत पाटिदारले २० बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाउँदा टिम डेभिड ३४ रनमा अविजित रहे। त्यस्तै जितेश शर्माले १० रन बनाए।

जवाफमा मुम्बई इन्डियन्सले पनि उत्कृष्ट ब्याटिङ गर्यो। उसका लागि छैटौं नम्बरमा ब्याटिङका लागि आएका सर्फन रुथफोर्डले ३१ बलमा ७१ रन बनाउँदै अविजित फर्किए। उनले ९ छक्का र १ चौका प्रहार गरेका थिए।

त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले ४० रन बनाउँदा रियन रिकेल्टन ३७ रनमा आउट भए। अर्का ओपनर रोहित शर्मा भने १९ रन बनाउँदा रिटायर्डहर्ट भएका थिए। थप दोहोरो स्कोरका रुपमा सुर्यकुमार यादवको ३३ रन रह्यो।

जितपछि आरसीबी ४ खेलबाट ६ अंक बनाएर तालिकाको तेस्रो स्थानमा छ। समान खेलबाट राजस्थान शतप्रतिशत जित सहित शीर्ष स्थानमा छ भने पञ्जाब पनि अपराजित रहँदै ७ अंक बनाएर दोस्रो स्थानमा छ। दिल्ली, गुजरात र लखनउको ४-४ अङ्क रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…