इंग्लिस प्रमियर लिग: आर्सनल चुकेको फाइदा लिँदै सिटी, उपाधि दौड रोमाञ्चक

इंग्लिस प्रमियर लिग: आर्सनल चुकेको फाइदा लिँदै सिटी, उपाधि दौड रोमाञ्चक
+
-
देशसञ्चार AI सारांश
  • इंग्लिस प्रिमियर लिगको ३२ औं खेलमा आर्सनललाई हराउँदै सिटीले शीर्षक होडमा आफ्नो स्थिति मजबुत बनाएको छ।
  • चेल्सीबिरुद्धको खेलमा सिटीले सबै तीन गोल दोस्रो हाफमा गर्दै ३-० को जित हासिल गर्यो।
  • सिटीले आर्सनलसँगको अंक दूरीलाई ६ मा झार्दै उपाधि दौडमा आफ्नो स्थान सुरक्षित बनाएको छ।

इंग्लिस प्रिमियर लिगमा आफ्नो ३२ औं खेलमा हार भोगेको लिग लिडर आर्सनललाई सिटीले कडा टक्कर दिएको छ। अर्को साता यी दुई टोली भिड्नुअघि चेल्सीलाइ उसकै मैदानमा सिटीले ३-० ले हराउँदै उपाधि होडमा फर्किएको छ।

सिटी र चेल्सीबिच पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफ एकपछिय बन्यो। दोस्रो स्थानमा रहेको सिटीले सबै तीन गोल दोस्रो हाफमा सम्भव बनायो। जितसँगै आर्सनलसँगको अंक दूरी ६ मा झारेको छ।

आर्सनल भने यसअघि शनिबार घरेलु मैदानमा बोर्नेमाउथसँग १-२ को अप्रत्याशित हारको सिकार भएको थियो। अझै सिटीले आर्सनलभन्दा १ खेल कम खेलेको छ। खेलमा ५१औं मिनेटमा चेरकीले दिएको आकर्षक क्रसमा निको ओ’रेलीले हेडमार्फत टिमलाई अग्रता दिलाएका थिए।

त्यसको ६ मिनेट पछिनै चेरकीले फेरि निर्णायक भूमिका खेले। उनको पासमा पूर्व चेल्सी खेलाडी मार्क गुएहीले सुन्दरलो फिनिश गर्दै गोल गरे। चेल्सी भने दुई गोलले पछि परेपछि झनै कमजोर बन्यो। गोलरक्षकले दिएको बललाई मोइसेस काइसेडोले आफ्नै क्षेत्रमा बल नियन्त्रण गर्न नसक्दा जेर्मी डोकुले ६८ औं मिनेटमा बल खोसेर अघि बढाउँदै उत्कृष्ट गोल गर्दै सिटीलाइ ३-० को जित निश्चित गरेका थिए।

अब सिटीले अर्को आइतबार आफ्नै मैदान इथाइड स्टेडियममा आर्सनलसँग खेल्नेछ, जुन उपाधि दौडका लागि महत्त्वपूर्ण भिडन्तका रुपमा हेरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…