आइपिएलको फाइनलमा बेंगलोरुले गुजरातलाई ५ विकेटले हराउँदै लगातार दोस्रो उपाधि जित्यो र २० करोड रुपैयाँ प्राप्त गर्यो।
राजस्थानका वैभव सुर्यवंशीले सिजनमा ७७६ रन र ७२ छक्का हान्दै धेरै उपाधि जिते, जसमध्ये ओरेन्ज क्याप पनि थियो।
गुजरातका कागिसो रबाडाले सर्वाधिक २९ विकेट लिए भने बेंगलोरका विराट कोहलीले फाइनलमा ७५ रनको अविजित पारी खेले।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलोरुले लगातार दोस्रो सिजनको उपाधि जितेको छ। अहमदाबादमा भएको फाइनलमा आरसीबीले गुजरात टाइटन्सलाई ५ विकेटले हराएर उपाधि जितेको हो।
उपाधि जितेसँगै आरसीबीले ट्रफीसँगै २० करोड भारतीय रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको गुजरातले १२.५ करोड रुपैयाँ प्राप्त गर्यो। ब्यक्तिगततर्फ भने राजस्थानका १५ वर्षीय वैभव सुर्यवंशीको दबदबा रह्यो। उनले सिजनमा सर्वाधिक ७ सय ७६ रन बनाएर ओरेन्ज क्याप जिते।
त्यस्तै गुजरातका कागिसो रबाडाले सर्वाधिक २९ विकेट लिए। सूर्यवंशीले मोस्ट भ्यालुएबल प्लेयर, इमर्जिङ प्लेयर तथा सुपर स्ट्राइकर अफ द सिजनको उपाधिसमेत जिते। साथै उनी सर्वधिक छक्का हान्ने खेलाडी समेत बने। वैभवले यो सिजन ७२ छक्का प्रहार गरेका थिए।
उपाधि भिडन्तमा टस हारेर पहिले ब्याटिङ गरेकव गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। उसका लागि वासिंगटन सुन्दरले अविजित ५० रन बनाउनु सर्वाधिक रह्यो। गुजरातविरुद्ध कसिलो बलिङ गर्ने क्रममा रसिक सलामले ३ तथा भुवनेश्वर कुमार र जोस ह्याजलवुडले २-२ विकेट लिए।
१ सय ५६ रनको लक्ष्य पछ्याएको बेंगलोरुले उक्त लक्ष्य १२ बल बाँकी हुँदै ५ विकेट गुमाएर पुरा गर्दै उपाधि रक्षा गर्यो। उसका लागि ओपनर विराट कोहलीले ७५ रनको अविजित इनिङ खेले। अर्का ओपनर वेंकटेश अय्यरले ३२ रन बनाउँदा रजत पाटीदारले १५ रन बनाए। त्यस्तै टीम डेभिडका नाममा २४ रन रह्यो।
भर्खरै
लोकप्रिय
