- फुटबलको लोकप्रियतामा योगदान गर्ने कारकहरुमा सांकेतिक प्रणालीको रुपमा कार्डको सानदार उपयोग प्रमुख छ।
- बेलायती रेफ्री केन एस्टनले ट्राफिक सिग्नलबाट प्रेरित भएर फुटबलमा कार्ड प्रणाली विकास गरे।
- विश्वकपको इतिहासमा पहिलो पँहेलो कार्ड १९७० र पहिलो रातो कार्ड १९७४ मा प्रदान गरिएको थियो।
विश्वमा फुटबल विकासका अनेकन किस्साहरु छन्। तर फुटबल संसारमै लोकप्रिय हुनुका पछि संसारले बुझ्ने सांकेतिक भाषा हो। अर्थात फुटबल विश्वको दुरदराजमा जुनसुकै स्तर र चेतना भएका मानिसहरुका लागि समेत लोकप्रिय बन्यो। त्यसैले यो संसारमा सबैभन्दा धेरै हेरिने खेलका रुपमा रहेको छ।
फुटबल लोकप्रिय हुनुका पछि ‘कार्ड’ को सांकेतिक प्रयोग हो। यसले अनुशासन र लगनशिल्ता सँगै सबैले बुझ्ने भाषामा दण्डित गर्न सक्ने सजिलो र अनुकुल उपलब्धता हो। यहि लोकप्रिय खेल फुटबलमा रातो र पहेलो कार्ड अहिले अनिवार्य मात्र होइन खेलको अंगका रुपमा विकाश भएको छ।
तर फुटबलको सुरुआती १०० वर्षभन्दा बढी समयसम्म कुनै पनि कार्डको प्रयोग हुँदैनथ्यो। रेफ्रीले खेलाडीलाई मैदान बाहिर निकाल्न वा चेतावनी दिन मौखिक आदेशको सहारा लिनुपर्थ्यो। फुटबलमा कार्डको अवधारणा, यसको विकास र खेल इतिहासका केही अविश्वसनीय घटनाक्रमहरुसँग जोडिन्छ।
फुटबलमा कार्ड प्रणालीको सुरुवात गर्ने श्रेय बेलायती रेफ्री केन एस्टनलाई जान्छ। सन् १९६६ को विश्वकपमा अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेलमा भाषाको समस्याका कारण रेफ्रीको निर्णय बुझ्न खेलाडी र दर्शकलाई निकै कठिन भएको थियो।
खेलपछि घर फर्किने क्रममा एस्टन एक ट्राफिक सिग्नलमा रोकिए। त्यहाँको पँहेलो (पर्खनु/चेतावनी) र रातो (रोकिनु) बत्ती देखेपछि उनलाई लाग्यो कि फुटबलमा पनि यस्तै रङको प्रयोग गर्दा भाषाको अवरोध हट्ने छ र फुटबलले नयाँ स्वरुप लिने छ।
उनको यो सोच सत्यमा बदलिन धेरै समय लागेन। फिफाले पहिलो पटक सन् १९७० को मेक्सिको विश्वकपमा कार्ड प्रणाली लागू गर्ने निर्णय गर्योत। कार्डको नियम १९७० मा आयो, तर उक्त विश्वकपमा कुनै पनि खेलाडीले रातो कार्ड पाएनन्।
तर आधिकारिक रुपमा पहिलो पंहेलो कार्ड पाउने खेलाडी भने सोभियत संघका काखी अस्भियानी रहे। उनले १९७० को विश्वकपको उद्घाटन खेल (मेक्सिको विरुद्ध) मा फुटबल इतिहासको पहिलो आधिकारिक पहेलो कार्ड पाएका थिए।
त्यस्तै विश्वकपको इतिहासमा पहिलो रातो कार्ड पाउन भने १९७४ को विश्वकप सम्म कुर्नुपर्योह। चिलीका कार्लोस कासेलीले पश्चिम जर्मनी विरुद्धको खेलमा पहिलो रातो कार्ड पाएका थिए।
त्यसोत विश्व फुटबलमा कार्डको प्रयोगसँगै केही यस्ता घटना घटेका छन्, जुन आज पनि चर्चामा रहन्छन्, सन् २००६ को विश्वकपमा रेफ्री ग्राहम पोलले क्रोएसियाका जोसिप सिमुनिचलाई झुक्किएर ३ पटक पँहेलो कार्ड दिएपछि मात्र रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए। यो ठूलो प्राविधिक गल्ती मानिन्छ। त्यस्तै सन् १९८६ को विश्वकपमा उरुग्वेका जोस बाटिस्टाले खेल सुरु भएको मात्र ५६ सेकेन्डमा रातो कार्ड पाएका थिए, जुन विश्वकप इतिहासको सर्वाधिक चाँडो रातो कार्ड पाउने कीर्तिमान हो।
भर्खरै
लोकप्रिय
