- नेपाल क्रिकेट संघले भुटानविरुद्धको खेलमा टाईम्ड आउटको घटनाका लागि माफी माग्दै आत्मसात् नगर्ने व्यवहारको नभएको बताएको छ।
- क्यानले खेलको वास्तविक भावना खेलका नियमभन्दा पर रहेको स्वीकार गर्दै हामी खेलभावनालाई सधैं प्राथमिकता दिनुपर्छ भनेको छ।
- नेपाली क्रिकेट संघले भुटान क्रिकेट र सम्बन्धित सबै पक्षसँग क्षमा दिंदै उच्च नैतिकता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाली राष्ट्रिय महिला टिमको ‘खेल भावना’ विपरितको व्यवहारमा नेपाल क्रिकेट संघ क्यानले माफि मागेको छ। भुटान सँगको खेलका दौरान ब्याटरलाई ‘टाइम्ड आउट’ मार्फत आउट गरिएको घटना नेपाल क्रिकेट संघ (क्यान) ले आत्मसात् गर्दै आएको क्रिकेटको मूल्य, भावना र खेलभावनासँग मेल नखाने भन्दै माफि मागेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ती जारी गर्दै भन्यो ‘महिला राष्ट्रिय टोलीको व्यवहारप्रति हामी हार्दिक क्षमायाचना व्यक्त गर्दछौँ। उक्त आउट क्रिकेटका नियमभित्र रहेर गरिएको भए पनि, क्रिकेटको वास्तविक भावना केवल लिखित नियममा सीमित हुँदैन भन्ने हामी स्वीकार गर्छौँ। खेलको मर्म र खेलभावना सधैं हाम्रो मार्गदर्शक सिद्धान्त हुनुपर्छ।’
त्यस्तै सचिव खड्काले अगाडि भने ‘क्रिकेट विकासको यात्रामा रहेको राष्ट्रका रूपमा हामी खेलभावना, पारस्परिक सम्मान र निष्पक्ष प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिन्छौँ। दुर्भाग्यवश, यो घटनाले ती मान्यताअनुसारको उदाहरण प्रस्तुत गर्न सकेन, जसका कारण उत्पन्न भएको निराशाप्रति हामी गम्भीर छौँ।’
क्यानले जारी गरेको विज्ञप्तीमा भुटान क्रिकेट, सम्बन्धित खेलाडी तथा यस घटनासँग सरोकार राख्ने सबै पक्षसँग क्षमा मागेको छ। साथै क्यानले मैदानभित्र र मैदानबाहिर दुवै स्थानमा क्रिकेटको उच्चतम नैतिकता, इमान्दारी र खेलभावनालाई कायम राख्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।
के भएको थियो घटना
एसीसी वुमेन्स प्रिमियर कप अन्तर्गत नेपाल र भुटानबीचको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले १ सय १४ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा क्रिजमा आएको भुटानी टोलीले पहिलो बलमै आफ्नो पहिलो विकेट गुमाउन पुग्यो।
त्यसपछि नियमअनुसार ९० सेकेन्डको निर्धारित समयभित्र भुटानका लागि तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडेन क्रिजमा आइपुग्न सकिनन्। ब्याटर ढिला आएपछि नेपाली फिल्डरहरूले नियम अनुसार अम्पायरसँग ‘टाइम आउट’ को अपील गरे। नेपाली खेलाडीको अपिल अनुसार अम्पायरले उनलाई आउट घोषित गरिदिए। यो नियमअनुसार भएपनि खेलभावनामा अत्यन्तै ‘घृणित’ मानिन्छ।
उक्त खेलमा भुटान निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सकेपछि नेपालले खेल ५१ रनले जितेको थियो।
भर्खरै
लोकप्रिय
