किन सुरु हुनु अघिनै विश्वकपलाई ‘अव्यवस्थित’ मानिँदैछ?

किन सुरु हुनु अघिनै विश्वकपलाई ‘अव्यवस्थित’ मानिँदैछ?
+
-
देशसञ्चार AI सारांश
  • विश्वकप सुरु हुन दुई दिन मात्र बाँकी छ र टोलीहरू अन्तिम तयारीमा व्यस्त छन्।
  • धेरै देशहरू आयोजक स्थल पुगिसकेका छन्, तर व्यवस्थापनको अभावले इतिहासकै अव्यवस्थित विश्वकप बन्ने खतरा बढेको छ।
  • भिसा विवाद र यात्रा प्रतिबन्धका कारण प्रतियोगिता यस वर्ष चर्चामा रहेको छ।

विश्वकप सुरु हुन अब केवल दुई दिन बाँकी छ। मैदानभित्र टोलीहरू अन्तिम तयारीमा जुटिरहेका छन्।

धेरै देशहरु आयोजक स्थल पुगिसकेका छन्। तर मैदान भित्र जस्तो मैदानबाहिरको सास्तीले भने यो विश्वकप इतिहासकै ‘अव्यवस्थित’ विश्वकप बन्ने खतरा बढेको छ।

मैदान बाहिर भिसा र यात्रा प्रतिबन्धसम्बन्धी विवादले प्रतियोगिताको माहोल तातिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका कडा आप्रवासन नीतिका कारण विश्वकपअघि नै विभिन्न समस्या देखिन थालेका छन्।

सोमाली रेफ्रीलाई अमेरिका प्रवेश निषेध

अफ्रिकाका उत्कृष्ट पुरुष रेफ्री घोषित सोमालियाका ओमार अब्दुलकादारी आर्तान यस वर्षको विश्वकपमा रेफ्रीका रूपमा छनोट भएका थिए। तर अमेरिकी सरकारले सुरक्षा जाँचसम्बन्धी चिन्ता देखाउँदै उनलाई अमेरिका प्रवेश गर्न अनुमति दिएन।

सोमालिया ट्रम्प प्रशासनको यात्रा प्रतिबन्धमा परेका ३९ देशमध्ये एक हो। यस घटनापछि विश्वकपमा सहभागी हुन चाहने विभिन्न देशका समर्थक र खेलकर्मीहरूबीच चिन्ता बढेको छ।

साथै रेफ्रिलेनै भिसा नपाउँदा समर्थक र फुटबल प्रेमीहरुको सास्ती त झनै कति होला भन्ने प्रश्न उठेको छ।

स्कटल्यान्ड समर्थकहरू पनि समस्यामा

बीबीसीका अनुसार केही स्कटल्यान्ड समर्थकहरूको यात्रा अनुमति अन्तिम समयमा रद्द गरिएको छ, जसका कारण उनीहरूले होटल र हवाई टिकटमा खर्च गरेको हजारौँ डलर गुमाउनुपरेको छ।

यी घटनापछि इयान राइटले प्रतियोगितालाई नै ‘अव्यवस्थित विश्वकप’ (वल्ड कप अफ चाओस) भनेर टिप्पणी गरेका छन्। इरानको टिकट कोटा रद्द त्यस्तै फिफाले इरानी फुटबल महासंघले विश्वकपका लागि पाएको टिकट कोटा रद्द गरिएको जनाएको छ।

सामान्यतः प्रत्येक खेलका करिब ८ प्रतिशत टिकट सम्बन्धित टोलीका समर्थकका लागि छुट्याइन्छ। तर इरानी महासंघका अनुसार हालको परिस्थितिमा राष्ट्रिय टोलीका समर्थकलाई एउटा टिकट समेत उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको जनाइएको छ।

इरानले समूह चरणका सबै खेल अमेरिकामै खेल्ने छ। टोलीले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँग प्रतिस्पर्धा गर्ने छ। न्यूयोर्कमा ५० हजार दर्शकको विश्वकप फाइनल पार्टी जुलाई १९ मा हुने विश्वकप फाइनलका लागि न्युयोर्क सिटीको सेन्ट्रल पार्कमा विशाल सार्वजनिक दर्शक कार्यक्रम आयोजना गरिने भएको छ।

न्यूयोर्कका मेयर जोहरान ममदानी र गभर्नर क्याथी होचुलले घोषणा गरेको यस कार्यक्रममा ५० हजार दर्शकले एकै स्थानमा बसेर फाइनल खेल हेर्न सक्नेछन्।

टिकट चिठ्ठा प्रणालीमार्फत वितरण गरिने छ। विश्वकप सुरु हुनुअघि नै भिसा विवाद, टिकट समस्या र यात्रा प्रतिबन्धका कारण प्रतियोगिता चर्चाको केन्द्रमा छ।

अब यी विवादबीच मैदानमा हुने खेलले कस्तो रोमाञ्च दिन्छ, त्यसतर्फ विश्वभरका फुटबल समर्थकको नजर केन्द्रित छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…