अहिलेसम्म उद्घाटन खेल नजितेको मेक्सिकोलाई दक्षिण अफ्रिकाको डर

अहिलेसम्म उद्घाटन खेल नजितेको मेक्सिकोलाई दक्षिण अफ्रिकाको डर
+
-
देशसञ्चार AI सारांश
  • मेक्सीको सिटी स्टेडियममा उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका प्रतियोगिता जित्ने लक्ष्यमा छन्।
  • मेक्सिकोले विश्वकप इतिहासमा पहिलो पटक उद्घाटन खेल जित्ने दबाब सामना गर्दैछ, जहाँ उसले ७ प्रयासमा जित्न सकेको छैन।
  • दक्षिण अफ्रिकाका प्रशिक्षक हुगो ब्रोस् मेक्सिकोको गुणस्तर स्वीकार्दै पनि आफ्नो टोलीको तयारीमा विश्वास राख्छन्।

फिफा विश्वकपको औपचारिक सुरुवात अर्थात उद्घाटन खेलमा आज आयोजक मेक्सीको र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। मेक्सीकोको प्रसिद्ध ‘मेक्सीको सिटी स्टेडियम’ (एस्तादियो आज्तेका)मा १२:४५ मा खेल हुँदैगर्दा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा रहेका छन्।

दुई पटकको फाइनल आयोजना गरेको मेक्सीको सिटी स्टेडियम फरक ३ विश्वकप खेल्ने पहिलो मैदाको कीर्तिमान बनाउँदै गर्दा करिब ८० हजार दर्शक खेलको प्रत्यक्ष अनुभव गर्न मैदान पुग्नेछन्। यसअघि यो मैदानमा १९७० र १९८६ का विश्वकप फाइनल खेल भएको थियो।

मेक्सिको घरेलु समर्थकहरूको विशाल साथमा मैदान उत्रँदै गर्दा दक्षिण अफ्रिका भने घरेलु मैदानमै स्तब्ध पार्ने सोचमा रहेको छ। यद्यपि, दक्षिण अफ्रिका २०१० मा जस्तै कम्तिमा बराबरी गरेर खेलमा अपराजित सुरुवातको लक्ष्यमा छ।

प्रशिक्षक हाभिएर आगिरेको टोली मेक्सिको समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ। टोलीमा अनुभवी कप्तान एडसन अल्भारेज र स्ट्राइकर राहुल जिमेनेज लगायतका खेलाडीहरु प्रभाव पार्न सक्ने खेलाडी भएकाले स्वभाविक रुपमा मेक्सीको बलियो मानिएको छ। तर दक्षिण अफ्रिकाले २०१० मा जस्तै मेक्सीकोलाइ ‘सरप्राइज’ नतिजा दिएमा अनौठो हुनेछैन।

किनकी एउटा रोचक तथ्यले मेक्सीकोलाई डर पैदान गरेको छ त्यो भनेको मेक्सिकोले आफ्नो विश्वकप इतिहासमा कहिल्यै उद्घाटन खेल जित्न सकेको छैन। दक्षिण अफ्रिकाविरुद्ध त्यो इतिहास बदल्ने दबाब उसमाथि हुनेछ। यसअघि उसले ७ पटक उद्घाटन खेल खेल्दा कुनै पनि खेलमा जित निकालन् सकेको थिएन। त्यसैले ९६ वर्षे लामो उद्घाटन खेल नजितेको त्यो खराब कीर्तिमान घरेलु मैदानमा अन्त गर्ने प्रयास मेक्सिकोले गर्नेछ।

दक्षिण अफ्रिका भने प्रशिक्षक हुगो ब्रोस् को नेतृत्वमा आत्माविश्वासी छ। टोलीले खेलअघि नै मेक्सिको सिटी पुगेर उच्च उचाइमा आफूलाई प्रशिक्षित गरीरहेको छ। ब्रुसले मेक्सिकोको गुणस्तर स्वीकारे पनि आफ्नो टोली प्रतिस्पर्धा गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।

दक्षिण अफ्रिकाले मुख्य खेलाडीहरूमा बढी विश्वास भने गोलरक्षक रोनविन विलियम्ससँग गरेको छ। त्यस्तै याट्याकमा उसले ओसविन एपोलिसको भर सर्वाधिक हुनेछ।

हेड टु हेडमा को अघि?
यी दुई टोलीबिच अहिलेसम्म कुल ५ भिडन्त भएका छन्। जसमा मेक्सीको तथ्यांकमा माथि छ। ५ मध्ये मेक्सीकोले २ खेलमा जित निकाल्दा १ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। तर पछिल्लो पटक खेलिएको २०१० को विश्वकपमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए। सबैभन्दा चर्चित भेट २०१० को विश्वकपलाइ मानिन्छ। यो उद्घाटन खेलमा तत्कालीन आयोजक दक्षिण अफ्रिकाले मेक्सिकोसँग १-१ को बराबरी खेलेको थियो। त्यही खेलमा सिपहिउ तहाबालालाले गरेको शानदार गोल विश्वकप इतिहासकै अविस्मरणीय गोल मध्येमा एक गोल मानिन्छ।

यो समूहमा मेक्सिको, दक्षिण अफ्रिका, साउथ कोरिया र चेक रिपब्लिक रहेका छन्। त्यसैले पहिलो खेलको नतिजाले नकआउट चरणमा पुग्ने सम्भावनामा ठूलो प्रभाव पार्ने भएकाले अर्थपूर्ण मानिएको छ। दक्षिण अफ्रिकाका प्रशिक्षक ब्रुसले पनि उद्घाटन खेललाई समूहको भविष्य निर्धारण गर्ने खेलका रुपमा लिएको भन्दै टोली त्यसकै तयारीमा लागिरहेको बताएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…