एक गोलले पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले चेकियालाई हरायो

एक गोलले पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले चेकियालाई हरायो
+
-
देशसञ्चार AI सारांश
  • दक्षिण कोरियाले चेकिया माथि २-१ को जित हासिल गर्दै विश्वकपको विजयी सुरुवात गरेको छ।
  • खेलको ६७औँ मिनेटमा ह्वाङ इन–बोमको गोलले दक्षिण कोरियालाई बराबरीमा ल्याउँदै आत्मविश्वास दिलायो।
  • अन्तिम समयमा चेक गणतन्त्रले प्रयास गरे पनि दक्षिण कोरियाली रक्षापङ्क्तिले दृढता प्रदर्शन गर्यो।

विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक (चेकिया) लाई २-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। यसअघि समूहको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको थियो।

शुक्रबार बिहान सम्पन्न खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए। खेलमा अग्रता भने चेक रिपब्लिकले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफ भने पूर्ण रूपमा रोमाञ्चक बन्यो। खेलको ५९औँ मिनेटमा भ्लादिमिर कूफालको पासमा लाडिस्लाभ क्रेइचीले गोल गर्दै चेकियालाई अग्रता दिलाएका थिए।

गोलपछि दक्षिण कोरिया दबाबमा परेको देखिए पनि टोलीले प्रभावशाली पुनरागमन गर्यो । खेलको ६७औँ मिनेटमा ली काङ–इनको उत्कृष्ट पासलाई सदुपयोग गर्दै ह्वाङ इन–बोमले बराबरी गोल फर्काए। उक्त गोलले दक्षिण कोरियालाई खेलमा फर्काउने काम मात्र गरेन, टोलीको आत्मविश्वास समेत बढाउँदा टिम लयमा देखिएको थियो।

खेलको ८०औँ मिनेटमा फेरि ह्वाङ इन बोमनै नायक बने। उनको सटीक असिस्टमा ओह ह्योन-ग्युले गोल गर्दै दक्षिण कोरियालाई २-१ को अग्रता दिलाए। अन्तिम १० मिनेटमा चेक गणतन्त्रले बराबरीको प्रयास गरे पनि दक्षिण कोरियाली रक्षापङ्क्ति र गोलरक्षकले सानदार प्रदर्शन गर्दा खेलको नतिजा परिवर्तन हुन सकेन।

हारले चेक गणतन्त्रलाइ अघिल्लो चरणको यात्रा कठिन बनेको छ। दक्षिण कोरियालाई भने पुनरागमन जितले अघिल्लो चरणमा बलियो बनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…