घरेलु मैदानमा पहिलो विश्वकप खेल्दै क्यानडा, इटालीलाई विश्वकपबाहिर राखेको बोस्नियाको चुनौती पन्छाउला?

घरेलु मैदानमा पहिलो विश्वकप खेल्दै क्यानडा, इटालीलाई विश्वकपबाहिर राखेको बोस्नियाको चुनौती पन्छाउला?
+
-

फिफा विश्वकपअन्तर्गत समूह ‘बी’मा आज सह-आयोजक क्यानडाले आफ्नो घरेलु भूमिमा पहिलो विश्वकप खेल्दै छ।

आज राति बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध आफ्नो अभियान सुरु गर्दैगर्दा घरेलु समर्थकमाझ विश्वकपको पहिलो जितको खोजीमा क्यानडा रहने छ। टोरन्टोस्थित बिएमओ फिल्डमा हुने भिडन्त नेपाली समयअनुसार मध्यराति १२:४५ मा सुरु हुनेछ।

जेस्से मार्शको प्रशिक्षणमा रहेको क्यानडा विश्वकपमा कुनै खेल जित्न नसकेको टोली हो। १९८६ र २०२२ संस्करणमा खेलेका सबै ६ खेलमा पराजित भएको क्यानडा यस पटक घरेलु समर्थकको साथमा पहिलो विश्वकपमा जित र पहिलो अंकको खोजीमा छ।

क्यानडालाई घरेलु समर्थकमाझ ऐतिहासिक बनाउने अवसर मुख्य रूपमा स्ट्राइकर जोनाथन डेभिडमाथि रहेको छ। टोलीका कप्तान तथा स्टार खेलाडी अल्फोन्सो डेभिस भने ह्यामस्ट्रिङ चोटका कारण यो खेलमा उपलब्ध हुने छैनन्। मिडफिल्डर मार्सेलो फ्लोरेस पनि प्रतियोगिताबाट बाहिरिएकाले तुलनात्मक रुपमा क्यानडा केही दबाबमा छ।

पछिल्ला अभ्यास खेलहरूमा क्यानडाले राम्रो रक्षात्मक प्रदर्शन गरेकाले टोली विश्वकपमा जित्न नसकेको छवि सुधारको प्रयासमा हुनेछ। पछिल्ला आठ खेलमध्ये ६ खेलमा क्लिनसिट राखेको तथ्याङ्कले टोलीको रक्षापङ्क्ति बलियो रहेको स्पष्ट पार्छ।

बोस्निया एन्ड हर्जगोभिना भने विश्वकपमा दोस्रो पटक सहभागी हुँदै छ। टोलीले छनोट चरणमा वेल्स र चार पटकको विश्वविजेता इटालीलाई प्लेअफमा पराजित गर्दै सनसनीपूर्ण रूपमा स्थान सुरक्षित गरेकाले क्यानडालाई हराउने अनुमान फुटबल पण्डितहरूको छ।

प्रशिक्षक सर्जे बार्बारेजले आफ्नो टोलीलाई ‘डेभिडविरुद्ध गोलायथ’को भावना लिएर खेल्न प्रेरित गरेका छन्। अनुभवी स्ट्राइकर एडिन जेको (७३ अन्तर्राष्ट्रिय गोल) टोलीका सबैभन्दा ठूलो हतियार हुन्। उनले चोटबाट पुनरागमन गर्दै विश्वकपको उद्घाटन खेल खेल्ने अपेक्षा गरिएको छ।

बोस्निया पछिल्ला आठ खेलमा अपराजित छ, यद्यपि तीमध्ये धेरै खेल बराबरीमा टुंगिएका छन्। टोलीको रक्षात्मक अनुशासन र शारीरिक खेल शैलीलाई क्यानडाका लागि चुनौतीका रूपमा हेरिएको छ।

विश्वकपको नयाँ ४८ टोली संरचनामा समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो स्थानका आठ टोली पनि नकआउट चरणमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…