काठमाडौं- फिफा विश्वकप–२०२६ को चौथो खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै ३–० गोलको बलियो अग्रता बनाएको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा जारी यस रोमान्चक खेलको सुरुवाती मिनेटदेखि नै घरेलु टोलीले पाहुना टोलीमाथि निरन्तर दबाब राख्न सफल भएको हो ।
खेलको सातौँ मिनेटमै अमेरिकाले आत्मघाती गोलको मद्दतले खेलमा सुरुवाती अग्रता लिएको थियो । अमेरिकी खेलाडी वेस्टन म्याकेनीले प्रहार गरेको बललाई रोक्ने प्रयास गर्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले आफ्नै गोलपोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।
त्यसपछि खेलको ३१औँ मिनेटमा फोलारिन बालोगुनले उत्कृष्ट गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै बालोगुनले अमेरिकालाई पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा पुर्याएका छन् ।
भर्खरै
लोकप्रिय
