विश्वकप फुटबल: पाराग्वेलाई हराउँदै अमेरिकाको रवाफिलो सुरुवात

विश्वकप फुटबल: पाराग्वेलाई हराउँदै अमेरिकाको रवाफिलो सुरुवात
+
-
देशसञ्चार AI सारांश
  • विश्वकपको समूह ‘डी’ मा अमेरिकाले पाराग्वेलाई ४-१ ले हराउँदै प्रभावशाली सुरुवात गरेको छ।
  • फोलारिन बालोगुनले दुई गोल गर्दा अमेरिकाले पहिलो हाफमा दुई तथा इन्जुरी समयमा एक गोल गर्यो।
  • खेल अघि उद्घाटन समारोहमा सहभागी तीन देशमध्ये क्यानडामा पनि उद्घाटन समारोह आयोजित भएको थियो।

विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा आयोजक अमेरिकाले रवाफिलो सुरुवात गरेको छ।  अमेरिकाले दक्षिण अमेरिकी टोली पाराग्वेलाई ४-१ ले पराजित गर्दा उसका स्टार फर्वाड फोलारिन बालोगुनले दुइ गोल गरेका थिए। आयोजक तथा घरेलु टोली अमेरिकाले पहिलो हाफमा ३ गोल गर्दा अर्को एक गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो।

घरेलु मैदानमा खेल अघि उद्घाटन समारोह सम्पन्न भएको थियो। जारी विश्वकप तीन देशले संयुक्त रुपमा आयोजना गरेपनि सबै देशले उद्घघाटन समारोह आयोजना गरेका थिए। पहिलो उद्घघाटन समारोह मेक्सिकोले गर्दा गएराति क्यानडामा उद्घाटन समारोह भएको थियो। अहिले बिहान अमेरिकामा उद्घाटन समारोह आयोजना पछि आयोजक र पाराग्वे प्रतिस्पर्धा गरेका हुन्।

अमेरिकाले खेलको सुरुवातदेखि नै पाराग्वेलाइ दबाबमा राख्दै अग्रता बनाएको थियो। अमेरिकाले पाराग्वेका डेमियन बोबाडिल्लाको आत्मघाती गोलमार्फत खेलमा सुरुवाती अग्रता लिएको थियो।  त्यसपछि पनि निरन्तर आक्रमण गरेको अमेरिकाले खेलको ३१ औ मिनेटमा फरवार्ड फोलारिन बालोगुनको गोलमा अग्रता दोब्बर बनायो। ३१औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। उनले क्रिश्टियन पुलिसकको पासलाई सदुपयोग गरेका थिए।

पहिलो हाफमै ३-० को अग्रता बनाउने क्रममा इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। प्रभावसाली अग्रता बनाउनका लागि उनले मलिक टिलम्यानले उत्कृष्ट पासलाइ सदुपयोग गरेका थिए। दोस्रो हाफमा पाराग्वेले केही सुधारिएको खेल खेल्ने प्रयास गरेपनि अंक खोस्नका लागि पर्याप्त भएन्। उसका लागि  ७३औँ मिनेटमा माउरिसियोले जुलियो एन्सिसोको पासमा गोल गर्दै अन्तर घटाउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन। तर अमेरिकाले खेलमा फराकिलो अग्रता बनाउने क्रममा इन्जुरी समयको अन्तिम मिनेटमा जियो रेयनाले टिमका लागि चौंथो गोल गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…