३६ वर्षपछि विश्वकपमा स्कटल्यान्डको जित

३६ वर्षपछि विश्वकपमा स्कटल्यान्डको जित
+
-
देशसञ्चार AI सारांश
  • स्कटल्यान्डले ३६ वर्षपछि फिफा विश्वकपमा हाइटीलाई १-० ले पराजित गर्दै ऐतिहासिक जीत दर्ता गर्‍यो।

  • खेलमा मार्फत प्राप्त एकल गोललाई स्कटल्यान्डका जोन म्याकगिनले रिबाउन्डमा गोल गर्दै निर्णायक बनाए।

  • स्कटल्यान्डका समर्थक ‘टार्टन आर्मी’ को उत्सवबीच यो जीतले समूहमा शीर्ष स्थानमा पुर्याएको छ।

फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डले हाइटीलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

स्कटल्यान्डले ३६ वर्ष लामो प्रतीक्षापछि फिफा विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको हो। बोस्टन स्टेडियममा सम्पन्न समूह चरणको खेलमा स्कटल्यान्डले हैटीलाई १-० ले पराजित गर्दै विश्वकप मञ्चमा सन् १९९० पछिको पहिलो विजय हासिल गर्यो।

यस जितसँगै हजारौँ स्कटल्यान्ड समर्थक ‘टार्टन आर्मी’ को उत्सवमा झुमेका छन्। खेलमा २८औँ मिनेटमा चे एडम्सको नजिकबाट गरेको प्रहार हैटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे पनि रिबाउन्ड बल जोन म्याकगिनको अगाडि पुगेको थियो।

म्याकगिनले उक्त अवसर खेर जान दिएनन् र डिफ्लेक्सनको सहयोगमा बल जाली चुमाउँदै स्कटल्यान्डलाई अग्रता दिलाए। अन्ततः त्यही गोल खेलका लागि निर्णयक सावित भयो। स्कटल्यान्डले खेलभर आक्रामक प्रदर्शन गर्यो युवा विंगर बेन ग्यानन–डोक विशेष रूपमा चम्किए।

उनले आफ्नो तीव्र गति र उत्कृष्ट ड्रिब्लिङमार्फत हैटीको रक्षापंक्तिलाई लगातार दबाबमा राखे। एक अवसरमा उनले टचलाइन नजिकबाट सुन्दर क्रस निकाल्दा लरेन्स श्यांकल्यान्डले हेडमार्फत गोल गर्ने अवसर पाए पनि प्रयास लक्ष्यभन्दा थोरै बाहिर रहँदा अग्रता दोब्बर बनाउने अवसर गुमायो।

हैटीले दोस्रो हाफमा बराबरी गोलको खोजी गरे पनि स्कटल्यान्डको बलियो रक्षापंक्ति र गोलकिपरको उत्कृष्ट लयका कारण सफलता हात पार्न सकेन। अन्तिम सिटी बज्नेबित्तिकै स्कटल्यान्डका खेलाडी र समर्थकहरू भावुक बनेका थिए, किनकि यो जित केवल तीन अंक मात्र नभई दशकौंको प्रतीक्षा र निराशामाथिको विजय पनि थियो।

विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डका लागि यो परिणामले समूह चरणको यात्रामा ठूलो आत्मविश्वास थपेको छ। ३६ वर्षपछि विश्वकपमा जितको स्वाद चाख्दै स्कटल्यान्डले विश्व फुटबलमा आफू अझै प्रतिस्पर्धी रहेको सन्देश दिएको छ।

साथै समूहमा ब्राजिल र मोरक्कोलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। अघिल्लो खेलमा ब्राजिल र मोरक्कोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…