​फिफा विश्वकप २०२६: उरुग्वे र साउदी अरब १–१ को बराबरीमा रोकिए

​फिफा विश्वकप २०२६: उरुग्वे र साउदी अरब १–१ को बराबरीमा रोकिए
+
-
देशसञ्चार AI सारांश
  • उरुग्वे र साउदी अरबबीचको खेलमा साउदीका अब्दुल्लाह अलाम्रीले पहिलो हाफको अन्त्यतिर उत्कृष्ट गोल गरी अप्रत्याशित अग्रता लिए ।
  • खेलको दोस्रो हाफमा उरुग्वेले बल नियन्त्रणमा राख्दै दबाब बढाए पनि साउदीको रक्षा पंक्तिका कारण गोल गर्न संघर्ष गर्नुपर्‍यो ।
  • म्याक्सी अराजोको ८०औं मिनेटको गोलले उरुग्वेलाई खेललाई बराबरीमा ल्याउन मद्दत पुर्‍यायो र खेल १–१ मा टुङ्गियो ।

काठमाडौं- फिफा विश्वकप–२०२६ को समूह ‘एच’ अन्तर्गतको खेलमा उरुग्वे र साउदी अरबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले स्पष्ट अंक जोड्ने अवसर गुमाएका हुन् ।

​खेलको सुरुवाती आधा घण्टा दुवै टोलीले कडा प्रतिस्पर्धा गरे पनि पहिलो हाफको अन्त्यतिर साउदी अरबले अप्रत्याशित अग्रता लियो । खेलको ४१औं मिनेटमा साउदीका अब्दुल्लाह अलाम्रीले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा साउदीले सोही अग्रतालाई कायम राख्यो ।

​दोस्रो हाफमा उरुग्वेले खेलमा फर्कने रणनीतिसहित दबाब बढाएको थियो । बल पोजिसन (बल नियन्त्रण) मा पकड बनाएको उरुग्वेले साउदीको पोस्टमा लगातार आक्रमण बुन्यो ।

खेलभर उरुग्वेले ११ पटक ‘सर्ट अन टार्गेट’ प्रहार गरे पनि साउदीको बलियो रक्षापंक्तिका कारण गोल निकाल्न संघर्ष गर्नुपर्‍यो । साउदीले भने खेलभर मात्र ३ पटक त्यस्तो प्रहार गर्ने अवसर पाएको थियो ।

​लगातारको प्रयासपछि खेलको ८०औं मिनेटमा उरुग्वेले खेललाई बराबरीमा ल्याउन सफल भयो । उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै टोलीको संकट टारेका थिए । अराजोको गोलपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल १–१ को बराबरीमा टुङ्गियो ।

​यो खेलको नतिजासँगै समूह ‘एच’ मा रहेका चारवटै टोलीले पहिलो खेलबाट समान १–१ अंक जोडेका छन् । यसअघि भएको सोही समूहको अर्को खेलमा स्पेन र केप भर्डेले पनि १–१ गोलकै बराबरी खेलेका थिए, जसका कारण अहिले यो समूहको समीकरण रोचक बनेको छ ।

​विश्वकप अन्तर्गत मंगलबार नै भएका अन्य खेलहरूमा पनि बराबरीकै शृङ्खला देखिएको छ । आजै भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ को बराबरी खेलेका थिए । त्यस्तै, आजको तेस्रो खेलमा समूहका अन्य दुई टोली इरान र न्यूजिल्यान्ड नेपाली समय अनुसार बिहान पौने ७ बजेबाट मैदानमा उत्रदैछन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…