विश्वकप: न्युजिल्यान्डको दुई पटकको अग्रतामा पुनरागमन गर्दै इरानले खोस्यो अंक

विश्वकप: न्युजिल्यान्डको दुई पटकको अग्रतामा पुनरागमन गर्दै इरानले खोस्यो अंक
+
-
देशसञ्चार AI सारांश
  • विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २-२ गोलको बराबरी खेले।
  • न्युजिल्यान्डले अग्रता लिन दुई पटक सफलता पाए पनि इरानले दुबै पटक बराबरी फर्कायो।
  • दुबै टोलीले गोलका प्रयास जारी राखे तर अन्ततिर सफलता नपाउँदा अंक बाँडे।

विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा एसियाली टोली इरानले युरोपियन टोली न्युजिल्यान्डसँग २-२ गोलको बराबरी खेलेको छ।

न्युजिल्यान्डले दुई पटक लिएको अग्रता जोगाउन नसक्दा दुबै टिमले १-१ अंक बाँडे। लस एन्जेलस स्टेडियममा भएको खेलमा न्युजिल्यान्ड र इरानबिच प्रतिस्पर्धात्मक खेल भएको थियो।

दुबै टिमले उत्कृष्ट मौकाहरु सिर्जना गर्दै खेलअवधिभर एकअर्कालाई दबाब बनाउने प्रयास गरेका थिए। खेलको सुरुआतमै न्युजिल्यान्डले अग्रता बनाएको थियो। सातौँ मिनेटमा कप्तान क्रिस वुडको पासमा एलिजा जस्टले गोल गर्दै टोलीलाई १-० ले अगाडि बढाए।

तर इरानले ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्यो। रमिन रेजाएयानले उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए र पहिलो हाफ बराबरीमा सकियो। दोस्रो हाफमा पनि पहिलो हाफको सुरुवात जस्तै न्युजिल्यान्डले अग्रता बनायो। उसले ५४ औं मिनेटमा अग्रता दोब्बर पार्न सफल भयो।

पुनः क्रिस वुडकै पासमा एलिजा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई २-१ को अवस्थामा पुर्याेए। तर इरानले पुन पुनरागमनको प्रयास जारी राख्दे ६४औँ मिनेटमा बराबरी गोल गर्यो। उसका लागि रमिन रेजाएयानको पासमा मोहम्मद मोहेब्बीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

खेलको अन्ततिर दुबै टोलीले गोलका प्रयास गरेपनि सफल नहुँदा अंक बाँडेका थिए। समूहमा यसअघि इजिप्ट र बेल्जियमले पनि १-१ गोलको बराबरी खेलेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…