स्पेनलाई रोक्ने भोजिन्हा: मैदानको जादुले सामाजिक सञ्जालमा ‘सुनामी’, आमालाई ल्याउन नपाउँदा थामिएनन् आँशु

स्पेनलाई रोक्ने भोजिन्हा: मैदानको जादुले सामाजिक सञ्जालमा ‘सुनामी’, आमालाई ल्याउन नपाउँदा थामिएनन् आँशु
+
-

विश्वकपमा कहिलेकाहीँ नजितिनेहरूका कथाहरू लेखिन्छन्। नथापाएकाहरूले गरेका कलात्मक प्रदर्शनले नतिजाभन्दा पनि ठूलो प्रभाव छोड्छन्। सोमबार राति स्पेन र केप भर्डेबीचको खेलपछि यस्तै भयो।

विश्व फुटबलले ४० वर्ष मैदानमा बिताएपछि बल्ल नाम र सम्मानका साथ एउटा स्टारलाई समर्थकले आफ्नो बनाए। स्पेनका स्टार खेलाडीहरू हजारौँ समर्थकमाझ पहिलो जितको खोजिमा मैदान उत्रिँदा धेरैले यो सानो अफ्रिकन देशले ठूलो गोल अन्तरको हार भोग्ने अनुमान गरेका थिए।
तर, विश्वकपको मञ्चमा ४ दशकको अनुभव चम्कियो। एक गोलरक्षक भोजिन्हा केवल एक गोलरक्षक मात्र थिएनन्, उनी आफ्नो अनुभवले एउटा राष्ट्रको सपना जोगाइरहेका थिए।

खेल सकिँदा स्कोरबोर्डमा ०–० थियो। तर विश्व फुटबलमा एउटा नयाँ नाम चम्किसकेको थियो। उनी मैदानमा छिर्दा ५० हजार समर्थक रहेको इन्स्टाग्राममा उनी मैदाबाट बाहिर निस्किँदा करिब २ मिलियन पुगेको थियो। जुन संख्या २४ घन्टा निबित्दै करिब ६ मिलियन पुगिसकेको छ।

स्पेनका २७ प्रहारले भोजिन्हालाई भेद्न सकेन

विश्वकपको पहिलो खेल खेलिरहेको केप भर्डेमाथि युरोपेली च्याम्पियन स्पेनले सुरुदेखि दबाब बनायो। लगभग ७५ प्रतिशत बल नियन्त्रण स्पेनकै पक्षमा थियो। स्पेनले २७ पटक गोलको प्रयास गर्‍यो तर प्रत्येक पटक उनीहरूको बाटोमा एउटै व्यक्ति उभिएका थिए। ती थिए, भोजिन्हा।

उनले सात उत्कृष्ट बचाउसहित स्पेनलाई गोलरहित बराबरीमा रोकिदिए। प्रदर्शन यति प्रभावशाली रह्यो कि उनलाई खेलकै उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) घोषित गरियो।

आमाको सम्झनाले आँशुमा मिसिएको गौरव

खेल सकिएपछि साथी खेलाडीहरूले उनलाई अँगालो हालेर बधाई दिए। तर भोजिन्हाका आँखाबाट आँशु रोकिएनन्। सबैले सोचे, सायद यो खुसीको आँशु हो। तर वास्तविक कथा अझ भावुक थियो।

भोजिन्हाले पत्रकारहरूसँग कुरा गर्दै आफू बाल्यकालमा हजुरबुवा-हजुरआमासँग हुर्किएको र उनीहरू अब संसारमा नरहेको बताए। त्यसैबेला उनले आँशु झर्नुको अर्को पीडा पनि सुनाए, भिसा समस्याका कारण उनले आमालाई यो ऐतिहासिक क्षणको प्रत्यक्ष साँक्षी बनाउन पाएनन्।

उनले भने, ‘म खेलपछि रोएँ। किनभने मलाई हुर्काउने हजुरबा–हजुरआमा अब हुनुहुन्न। मेरी आमा पनि यहाँ आउन सक्नुभएन। भिसासम्बन्धी समस्या थियो, त्यसका लागि आवश्यक रकम समयमै जुटाउन सकेनौँ।’

आमा किन आउन सकिनन्?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भोजिन्हाकी आमाले अमेरिका आउनका लागि आवश्यक भिसा प्रक्रिया पूरा गर्न सकिनन्। मुख्य समस्या आर्थिक थियो। परिवारले आवश्यक शुल्क र भिसासम्बन्धी खर्च समयमै व्यवस्थापन गर्न सकेन। केही रिपोर्टहरूमा केप भर्डेका नागरिकमाथि लागू अतिरिक्त भिसा जमानत (भिसा बन्ड) व्यवस्थाले पनि कठिनाइ बढाएको उल्लेख गरिएको छ। त्यहाँ १५ लाखसम्म धरौटी भिसाका लागि बुझाउनु पर्छ। यसैले विश्वकपको सबैभन्दा गौरवपूर्ण रातमा पनि भोजिन्हाले आफ्नो जीवनकै सबैभन्दा महत्वपूर्ण दर्शक आमालाई स्टेडियममा देख्न पाएनन्।

५० हजारबाट ६० लाखको यात्रा

विश्वकपअघि भोजिन्हाको इन्स्टाग्राम खातामा करिब ५० हजार फलोअर्स थिए। उनी केप भर्डेबाहिर खासै परिचित नाम थिएनन्। तर स्पेनविरुद्धको ९० मिनेटले सबै कुरा बदलिदियो।

खेल चलिरहेकै बेला र त्यसपछि केही घण्टामै उनका फलोअर्स लाखौँले बढ्न थाले। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको इन्स्टाग्राम फलोअर्स संख्या ५० हजारबाट ५.९ मिलियन (५९ लाख) पुगिसकेको छ। यो संख्या केप भर्डेको कुल जनसंख्याभन्दा पनि धेरै हो। विश्वकपको एउटा रातले उनलाई फुटबलरबाट विश्वव्यापी सामाजिक सञ्जाल स्टारमा रूपान्तरण गरिदिएको छ।

४० वर्षको उमेरमा पूरा भएको सपना

भोजिन्हाको अर्को विशेषता उनको उमेर हो। ४० वर्षको उमेरमा उनले पहिलो पटक विश्वकप खेले। धेरै खेलाडीहरू यो उमेरमा सन्यास लिइसक्छन्, तर भोजिन्हाले भने जीवनकै सबैभन्दा ठूलो क्षण यही उमेरमा पाए। पोर्चुगलको दोस्रो डिभिजन क्लबमा खेल्ने यी अनुभवी गोलरक्षकले विश्व फुटबललाई सम्झाइदिए– सपना पूरा हुन कहिल्यै ढिलो हुँदैन।

स्पेनविरुद्धको बराबरीले केप भर्डेलाई विश्वकप इतिहासको पहिलो अंक दिलायो। तर, त्यो रातको वास्तविक कथा स्कोरलाइन रहेन। कथाको केन्द्रमा एक सानो टापु राष्ट्रका ४० वर्षीय गोलरक्षक, जसले विश्व च्याम्पियनलाई रोके, करोडौँ समर्थकको मन जिते, सामाजिक सञ्जालमा रातारात सुपरस्टार बने तर उत्सवको क्षणमा आफ्नी आमाको खाली कुर्सी सम्झेर भक्कानिए। यो कथा यो विश्वकपको ठूलो चर्चा र सधैँ सम्झनायोग्य क्षणका रुपमा रहिरहने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…