फिफा विश्वकप पहिलो चरण: अप्रत्यासित नतिजादेखि स्टार खेलाडीको प्रदर्शनसम्म के–के भयो?

फिफा विश्वकप पहिलो चरण: अप्रत्यासित नतिजादेखि स्टार खेलाडीको प्रदर्शनसम्म के–के भयो?
+
-

अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत सहभागी सबै ४८ टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन्। आज बिहान सम्पन्न कोलम्बिया र उज्वेकिस्तानको खेलसँगै विश्वकपअन्तर्गत समूहको पहिलो चरणको खेल सकिएको छ।

विश्वकप इतिहासमै पहिलो पटक ४८ टोली सहभागी भएको प्रतियोगिताको उद्घाटन चरणले फुटबल समर्थकलाई रोमाञ्च, अप्रत्यासित नतिजा र खेलाडीहरूको व्यक्तिगत प्रभावहरूले स्थान पायो। यसलाई अभूतपूर्व सुरुवातका रुपमा चर्चा गरिएको छ। यीमध्ये मुख्य केही घटनाहरू–

मेसीको ह्याट्रिक र कीर्तिमान

पहिलो चरणको सबैभन्दा चर्चित क्षण अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा गरेको पहिलो ह्याट्रिक प्रदर्शनको रह्यो। अल्जेरियाविरुद्ध कीर्तिमान नै कीर्तिमान बनाएका मेसी सबैको नजरमा रहे।

अर्जेन्टिनालाई ३-० को जित दिलाउन सबै तीन गोल मेसीले गरेका थिए। ह्याट्रिकसँगै मेसीले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याएका छन्, जुन जर्मनीका मिरोस्लाभ क्लोससँगको कीर्तिमान बराबरी हो।

गोलरक्षक भोजिन्हाले पाएको लोभलाग्दो माया

स्पेनविरुद्ध केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कष्ट प्रदर्शन गरे। खेलअघिसम्म ५० हजार फलोअर्स संख्या रहेको थियो। उनको स्पेनसँगको साहसिक प्रदर्शनपछि यो संख्या बढेर अहिले १ करोड ३३ लाख भइसकेको छ। जुन बढ्ने क्रम जारी छ।

उनले यही दौरान आफ्नी आमालाई खेल हेर्न ल्याउन नपाएको पीडा पोख्दै आँशु बगाएपछि अमेरिकी विदेश मन्त्रालय भिसा सहजीकरण गर्न बाध्य भएको थियो। जसका कारण अब उनकी आमाले पनि उरुग्वेविरुद्धको खेल हेर्न पाउने छिन्। यी ४० वर्षीय गोलरक्षकको चर्चा समूहचरणको पहिलो राउन्डमा सर्वाधिक नौलो र अप्रत्यासित रह्यो।

नयाँ राष्ट्रहरूको ऐतिहासिक पाइला

४८ टोलीको विस्तारित विश्वकपले चार नयाँ राष्ट्रलाई पहिलो पटक विश्वकप मञ्चमा उपस्थिति जनाएका थिए। जसमा उज्वेकिस्तान, जोर्डन, केप भर्डे र कुरासाओ रहेका थिए। यी सबै टोलीहरूले विश्वकपलाई केवल सहभागिता लागि सहभागितामा सीमित गरेनन्। उनीहरूले पहिलो खेलमा आफ्नो पहिचान स्थापित हुने प्रदर्शन गरे।

विशेषगरी उज्बेकिस्तानले कोलम्बियासँग ३–१ ले पराजित भए पनि प्रभावशाली प्रदर्शन गर्‍यो । केही आफ्ना गल्तीले फराकिलो हार देखिए पनि पहिलो सहभागिताको पहिलो खेलमै गोल गर्‍यो।

त्यस्तै, पहिलो चरणको सबैभन्दा ठूलो आश्चर्य केप भर्डेको प्रदर्शनमा रह्यो। सानो जनसंख्या भएको अफ्रिकी राष्ट्रले विश्व फुटबलका स्थापित दाबेदार स्पेनलाई गोलरहित बराबरीमा रोक्दै उत्कृष्ट र अविश्वसनिय प्रदर्शन गर्‍यो।

रोनाल्डोबाहेकका स्टार छाए

अपेक्षित रुपमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले प्रदर्शन गर्न सकेनन्। तर उनीबाहेक विश्व फुटबलका ठूला नामहरुको प्रदर्शन उत्कृष्ट रह्यो। मेसी सबैभन्दा अब्बल देखिँदा किलियन एम्बाप्पे, अर्लिङ हालान्ड, ह्यारी केनलगायत खेलाडीले आफ्नो छाप पहिलो खेलमै छाड्न सफल भए। यी सबै खेलाडीले गोल गर्दै आफ्नो देशलाई महत्वपूर्ण तीन अंक दिलाए।

अफ्रिकी–एसियन टोलीहरूले भरिदिएको डर

पहिलो खेलमा अफ्रिकी टोलीहरूले अन्य राष्ट्र र प्रतिस्पर्धीविरुद्ध पर्याप्त डर सिर्जना गरिदिएका छन्। कंगोले पोर्चुगलसँग १-१ को बराबरी खेल्दै विश्वकप इतिहासको पहिलो गोल दर्ता गर्‍यो। घानाले इन्जुरी समयमा गोल गर्दै पनामामाथि रोमाञ्चक जित निकाल्यो।

त्यस्तै, ब्राजिल मोरक्कोसँग १-१ को बराबरीमा रोकिँदा केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा र रोक्यो। आइभरी कोस्टले दक्षिण अमेरीकी राष्ट्र इक्वेडरलाई १-० ले हरायो। सानो मुलुक कुराकाओले जर्मनीविरुद्ध ७ गोल खाए पनि १ गोल फर्काएर विश्वकपमा पहिलो गोलको अनुभव लियो। त्यस्तै, इजिप्टले बेल्जियमलाई १-१ को बराबरीमा रोक्दा हाइटीले पनि साहसिक प्रदर्शन गरेको थियो।

त्यस्तै, एसियाली टोलीहरू इरानले न्यूजिल्यान्डलाई २-२ को बराबरीमा रोक्यो भने जापानले नेदरल्यान्ड्ससँग २-२ गोलको बराबरी खेल्यो। त्यस्तै, कोरियाले चेक रिपब्लिकलाई २-१ ले हराएर अघिल्लो चरणको बलियो सम्भावना देखायो। त्यस्तै, करतारले स्वीटजरल्यान्डलाई १-१ गोलको बराबरीमा रोक्दा साउदी अरेबियाले उरुग्वेलाई १-१ गोलको बराबरीमा रोकेर अर्को सनसनी मच्चायो।

भरिएका रंगशाला र उत्साहपूर्ण वातावरण

विश्वकपको नयाँ ढाँचाबारे प्रतियोगिता सुरु हुनुअघि केही शंका व्यक्त गरिए पनि उद्घाटन चरणमा अधिकांश खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भए। उत्तर अमेरिकाका रंगशालाहरू दर्शकले भरिए र प्रतियोगिताले विश्वव्यापी आकर्षण कायम राखेको देखियो। अझ कतिपय खेलहरूका लागि त टिकटदर बढाउनु परेको थियो। हरेकजसो देशले आफ्नो देशको सपोर्टका लागि पर्याप्त दर्शक मैदान पुगेको महसुस गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…