बाँसबारीलाई चेयरमेन कप चेसको उपाधि

बाँसबारीलाई चेयरमेन कप चेसको उपाधि
+
-
देशसञ्चार AI सारांश
  • बाँसबारी माध्यमिक विद्यालयले १२७ अंकसहित दोस्रो चेयरमेन कप अन्तर स्कुल चेस च्याम्पियनसिपको उपाधि जित्यो र उपाधि रक्षा गर्‍यो।
  • प्रतियोगितामा २२ विद्यालयका ३०४ खेलाडी सहभागी भए, जसलाई स्वीस लिग प्रणालीमा आधारित राखेर आयोजना गरियो।
  • व्यक्तिगत स्पर्धामा बाँसबारीले विभिन्न क्लीनस्वीपहरू सहित थुप्रै प्रथम, दोस्रो र तेस्रो स्थानमा उत्कृष्ट प्रदर्शन गर्‍यो।

काठमाडौं- बाँसबारी माध्यमिक विद्यालयले काठमाडौं महानगरपालिका वडा नं. ४ द्वारा विहीबार आयोजित दोस्रो चेयरमेन कप अन्तर स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ। उसले एकछत्र वर्चस्व राख्दै उपाधि रक्षा गरेको हो ।

गल्र्स र ब्वाइजका ६ स्पर्धासमावेश दुई दिने प्रतियोगितामा बाँसबारीले सर्बाधिक एक सय २७ अंक जोड्दै मुख्य ट्रफी कब्जा गरेको हो। उसले गत वर्ष भएको पहिलो संस्करणको पनि उपाधि जितेको थियो । बालुवाटार प्यालेस ब्यांकेट एन्ड इभेन्ट्समा सञ्चालित प्रतियोगितामा यसपाली दुर्गा भवानी एकेडेमी ३७ अंक बटुल्दै उपविजेता भयो । महेन्द्र राष्ट्रिय मावि २८ अंकसहित तेस्रोमा रह्यो ।

हिमालयन चेस एकेडेमीको व्यवस्थापन रहेको प्रतियोगितामा कामपा ४ का वडाध्यक्ष दिनेश महर्जन, राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल, प्रमाणपत्रलगायत पुरस्कार प्रदान गरेका थिए । स्वीस लिग प्रणालीको आधारमा आयोजित प्रतियोगितामा २२ विद्यालयका ३ सय ४ खेलाडी सहभागि थिए । उनीहरू कामपा ४ का स्थानीय र यस वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।

व्यक्तिगत स्पर्धातर्फ कक्षा १ देखि ४ गल्र्समा बाँसबारी स्कुलले क्लीनस्वीप गर्यो । उसका विद्या ढुंगाना (४ अंक) पहिलो, सिमरन कार्की (३.५ अंक) दोस्रो र सुप्रिया तामाङ (३.५ अंक) तेस्रो भए । ब्वाइजतर्फ एनसीसीएस (नेसनल क्रिएटिभ को–एजुकेसनल स्कुल) का श्रेयांश सापकोटा (५ अंक) पहिलो, बाँसबारीका शिव थापा (४.५ अंक) र पञ्चकन्या आधारभूत स्कुलका सागर तामाङ (४ अंक) तेस्रोमा रहे ।

कक्षा ५ देखि ८ गल्र्सतर्फ पनि बाँसबारीले क्लीनस्वीप गर्यो । उसका सुप्रिया खत्री (६ अंक) पहिलो, कृतिका गुरुङ (५ अंक) दोस्रो र अलिशा थापा (५ अंक) तेस्रो स्थानमा रहे । ब्वाइजतर्फ दुर्गा भवानीका ओजोन तामाङ (७ अंक) पहिलो, बाँसबारीका सन्देश भट्ट (६ अंक) दोस्रो र दुर्गा भवानीका दिवज धमला (६ अंक) तेस्रो भए ।

त्यस्तै, कक्षा ९ देखि १२ गल्र्सतर्फ बाँसबारीकी अप्सरा खत्री (४.५ अंक) पहिलो, दुर्गा भवानीकी स्वष्तिका तामाङ (४ अंक) दोस्रो र आशिर्वाद सेकेन्डरी स्कुलकी निङ्वा पोमु (४ अंक) तेस्रो भए । ब्वाइजतर्फ साउथ वेस्टर्न कलेजका अभिवन पाण्डे (७ अंक) पहिलो, बाँसबारीका विन्दास अधिकारी (६ अंक) दोस्रो र किस्ट कलेजका अग्रज कटुवाल तेस्रो भए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…