नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज २०२६ को विजेता भए श्रेष्ठ

नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज २०२६ को विजेता भए श्रेष्ठ
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँका निरप श्रेष्ठले ओपन नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज २०२६ मा इलाइट मेलतर्फ प्रथम स्थान हासिल गरे।
  • प्रतियोगितामा विभिन्न क्याटगोरीका विजेताहरूले नगद पुरस्कार प्राप्त गरे, जसमा मास्टर क्याटगोरीमा दीपक मल्लले प्रथम स्थान प्राप्त गरे।
  • लुम्बिनी प्रदेश सरकारका मन्त्री र स्थानीय प्रशासनका प्रमुखहरूले संयुक्त रुपमा शिलालेख अनावरण गरे।

नेपालगन्ज – नेपालगन्जमा आयोजना भएको ओपन नेपालगञ्ज पम्प ट्रयाक च्यालेन्ज २०२६ को विजेता निरभ श्रेष्ठ भएका छन्।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, तेजनगरमा रहेको एकमात्र साइकल पम्प ट्रयाकमा देशै भरबाट ३५ जनाको सहभागिता रहेको प्रतियोगितामा काठमाडौँका निरप श्रेष्ठ इलाइट मेलतर्फ प्रथम भए। बाँकेका अनिश चौधरी द्वितीय र बाँकेकै वीरेन्द्र आर्य तृतीय भए। उनीहरूले नगद २० हजार १५ हजार र १० हजार प्राप्त गरे।

जुनियर ए क्याटगोरीतर्फ प्रज्ञान नेपाली प्रथम, प्रसन्न महर्जन द्वितीय र सुशाङ्ग धर्कटवा तृतीय भए। उनीहरूले क्रमशः १०, ७ र ५ हजार प्राप्त गरे।

जुनियर बी क्याटगोरीमा आदित्य मल्ल प्रथम स्थान सुप्रान्त केसी द्वितीय स्थान र प्रज्ञान बस्नेत तृतीय स्थान हासिल गर्न सफल भए। उनीहरूले पनि समान ७ हजार ५ हजार र ३ हजार प्राप्त गरे।
१० वर्ष मुनिको किड्स क्याटगोरीतर्फ कस्तुप चलाउने प्रथम, दिबियो थारु द्वितीय र शाश्वत केसी तृतीय स्थान हासिल गर्दै ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे।

३० वर्षभन्दा माथि उमेर समूहको मास्टर क्याटगोरीमा दीपक मल्ल प्रथम, जङ्गु थारु द्वितीय र विष्णुप्रसाद कँडेल तृतीय स्थान हासिल गर्दै नगद १५ हजार १० हजार र ७ हजार प्राप्त गरे।

खेल सुरु अघि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्री, नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ कार्यालयका वडा अध्यक्ष तथा प्रवक्ता प्रमोद रिजाल, नेपालगन्ज बाइसाइकलका अध्यक्ष गगन थापाले संयुक्त रुपमा शिलालेख अनावरण गरेका थिए। नेपालगन्ज साइकलिङ क्लबका अध्यक्ष कविराम बुढाथोकी, खेलप्रेमी अभिभावकहरूको समेत उपस्थिति थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…