विश्वकपमा इजिप्टको पहिलो जित, अन्तिम खेल अगावै नकआउट चरणमा

विश्वकपमा इजिप्टको पहिलो जित, अन्तिम खेल अगावै नकआउट चरणमा
+
-
देशसञ्चार AI सारांश
  • मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शनसहित इजिप्टले न्युजिल्यान्डलाई हराउँदै पहिलो पटक नकआउट चरणमा स्थान बनाएको छ।
  • न्युजिल्यान्डले खेलको सुरुआतमा अग्रता लिए पनि इजिप्टले तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।
  • इजिप्टको यस जितपछि समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ भने न्युजिल्यान्ड बेल्जियमसँग खेल्नुपर्नेछ।

विश्वकप फुटबलमा इजिप्टले पहिलो पटक समूहचरण पार गर्दै नकआउट चरणमा स्थान बनाएको छ। मोहम्मद सलाहले एक गोल गर्दै अर्को गोलका लागि ‘असिस्ट’ गरेपछि इजिप्टले १-० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै न्युजिल्यान्डलाई ३-१ ले पराजित गर्यो। यो इजिप्टको विश्वकप इतिहासमै पहिलो जित हो।

यो जितसँगै ‘फेराओस’ उपनामले परिचित इजिप्ट पहिलो पटक समूह चरण पार गर्दै अन्तिम ३२ मा स्थान बनाउन सफल भयो। न्युजिल्यान्डले खेलको १५औँ मिनेटमा अग्रता लिएको थियो। टिम पेनको उत्कृष्ट कर्नरमा फिन सर्मनले हेडमार्फत गोल गर्दै ‘अल ह्वाइट्स’लाई सुरुआती अग्रता दिलाएका थिए।

तर इरानविरुद्धको पहिलो खेलमा जस्तै अग्रता जोगाउन नसकेको न्युजिल्यान्ड यस खेलमा पनि उही समस्याबाट गुज्रियो। प्रशिक्षक होसाम हसनले दोस्रो हाफमा गरेका रणनीतिक परिवर्तन प्रभावकारी बनेपछि इजिप्टले २४ मिनेटको अन्तरालमा लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्योे। यस जितसँगै इजिप्ट समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ।

ब्राजिलका महान् फुटबलर जिकोको नामबाट नामकरण गरिएका मोस्तफा जिकोले ५८औँ मिनेटमा मोहम्मद हानीको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै इजिप्टलाई बराबरी दिलाए। त्यसपछि मोहम्मद सलाहले जिकोसँग उत्कृष्ट वन-टु पास खेलेर पेनाल्टी क्षेत्रभित्रबाट सुन्दर प्रहार गर्दै बललाई जालीको तल्लो कुनामा पठाए र इजिप्टलाई २-१ को अग्रता दिलाए।

खेलको ८२औँ मिनेटमा सलाहकै कर्नरमा विकल्प खेलाडी ट्रेजेगेटले हेडमार्फत गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टका लागि यो चौथो विश्वकप सहभागितामा प्राप्त पहिलो जित हो। अब शनिबार इरानलाई पराजित गर्न सके इजिप्ट समूह विजेता समेत बन्न सक्छ।

उता, न्युजिल्यान्ड भने अझै विश्वकप इतिहासकै पहिलो जितको खोजीमा छ। अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राख्न उसले अब बेल्जियमविरुद्धको खेल जित्नै पर्ने अवस्था आएको छ। उक्त खेलमा जित निकाल्ने टोली यो समूहबाट अघिल्लो चरण पुग्ने दोस्रो टोली बन्ने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…