अर्जेन्टिनाका सुपर स्टार लियोनेल मेसीले विश्वकप फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाएका छन्। उनले जर्मनीका मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान पछि पार्दै १७ गोल पुर्याए।
अस्ट्रिया विरुद्ध सुरुवातमै पेनाल्टी मिस गरेपनि मेसीले खेलको ३८ औं मिनेटमा सानदार गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका हुन्। उनले फकुन्डा मेडिनाको क्रसलाई आकर्षक फिनिस गरेका थिए।
इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान सँगै जारी विश्वकपमा मेसीले ४ गोल पुरा गरेका छन्। आफ्नो परिचित शैलीमा उत्कृष्ट गोल गरेसँगै उनी आज पनि सानदार लयमा देखिएका छन्।
डालसस्थित रंगशालामा उपस्थित समर्थकहरू यो ऐतिहासिक क्षणपछि उत्साहले झुमेका थिए। मेसीको यो गोलले केवल अर्जेन्टिनालाई अग्रता दिलाएन, उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा पनि आफ्नो नाम स्थापित गराए।
उनको विशेषता मानिने तीव्र दौड, नजिकको नियन्त्रण र सटिक फिनिसिङ फेरि एकपटक निर्णायक बन्यो।
भर्खरै
लोकप्रिय
