कीर्तिमान बनाएका रोनाल्डोले आलोचकलाई मैदानबाटै भने ‘आइ एम ब्याक’

कीर्तिमान बनाएका रोनाल्डोले आलोचकलाई मैदानबाटै भने ‘आइ एम ब्याक’
+
-
देशसञ्चार AI सारांश
  • क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई गोल गरी उज्बेकिस्तानमाथि ५-० को शानदार जितमा महत्त्वपूर्ण योगदान दिए।
  • उनले विश्वकपको फरक ६ संस्करणमा गोल गर्ने एकमात्र खेलाडी बनेर इतिहास रच्दै आलोचकलाई जवाफ दिए।
  • रोनाल्डोको यो प्रदर्शनले उनलाई अझै विश्व फुटबलको मञ्चमा निर्णायक प्रभाव पार्न सक्षम देखाएको छ।

विश्वकपको पहिलो खेलमा खराब प्रदर्शनका कारण आलोचित बनेका पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डोले एसियाली टोली उज्बेकिस्तानमाथि ५-० को शानदार जित दर्ता गर्दा दुई गोल गरेसँगै उनले आलोचकलाई मैदानबाटै जवाफ दिएका छन्।

क्रिस्टियानो रोनाल्डोले टेलिभिजन क्यामेरातर्फ हेर्दै जोडदार स्वरमा चिच्याउँदै भने ‘आइ एम ब्याक! आइएम ब्याक’ उनको यो सन्देश २०२६ विश्वकपमा आफूलाई पोर्चुगलको समस्या भन्दै आलोचना गर्नेहरूप्रति लक्षित थियो।

४१ वर्षीय रोनाल्डोले आफ्नो भावना लुकाउन सकेनन्। उनले फुटबल विश्वकपका ६ संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेर इतिहास रचे। यो उपलब्धि मात्र होइन, उनलाई समाप्त भइसकेको खेलाडी ठान्ने आलोचकहरूका लागि उत्कृष्ट जवाफका रुपमा समेत रह्यो।

समूह ‘के’ अन्तर्गतको पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग १-१ गोलको निराशाजनक बराबरी खेलेपछि रोनाल्डोमाथि व्यापक आलोचना भएको थियो। त्यही समयमा अर्जेन्टिनाका लियोनेल मेस्सी, फ्रान्सका किलियन एमबाप्पे, नर्वेका एर्लिङ हालान्ड, ब्राजिलका भिनिसियस जुनियर र इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनजस्ता विश्व फुटबलका अन्य सुपरस्टारहरूले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरिरहेका थिए।

तर रोनाल्डोमाथि भने आलोचनाको वर्षा भएको थियो। तर मंगलबार राति भने उनले सुरुवातमै आफूलाई तनावमुक्त बनाए। खेल सुरु भएको केवल छैटौँ मिनेटमै उनले जोआओ कान्सेलोको उत्कृष्ट क्रसलाई शानदार हाफ-भलीमार्फत गोलमा परिणत गर्दै इतिहास रचे। त्यसपछि पहिलो हाफ सकिनुअघि ब्रुनो फर्नान्डेसको नापतौल मिलेको पासमा उत्कृष्ट फिनिसिङ गर्दै दोस्रो गोल थपे।

उज्बेकिस्तानका डिफेन्डर अब्दुकोदिर खुसानोभले गोललाइनबाट बल क्लियर नगरेका भए रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गर्ने थिए। दोस्रो हाफमा पनि उनका टोलीका साथीहरूले उनलाई थप अवसर सिर्जना गरिदिए, तर कप्तान रोनाल्डोले चाहेजस्तो ह्याट्रिक भने पूरा गर्न सकेनन्। यद्यपि, दुई गोलसहितको यो प्रदर्शनले रोनाल्डो अझै विश्व फुटबलको ठूलो मञ्चमा निर्णायक प्रभाव पार्न सक्षम छन् भन्ने सन्देश स्पष्ट रूपमा दिएको छ।

रोनाल्डोले फरक ६ संस्करणमा बनाए कीर्तिमान
रोनाल्डोले उज्बेकिस्तानविरुद्ध पहिलो गोल गर्नासाथ उनी विश्वकपमा फरक ६ संस्करणमा गोल गर्ने एकमात्र खेलाडी बनेका छन्। उनले मंगलबार गरेका दुई गोलसँगै विश्वकपमा उनको कुल गोल संख्या १० पुगेको छ।

रोनाल्डोले २००६ मा जर्मनीमा भएको खेलमा १ गोल गर्दा २०१० मा दक्षिण अफ्रिका विश्वकपमा १ गोल गरेका थिए। त्यस्तै ब्राजिल विश्वकपमा १ गोल गरेका उनले रसिया विश्वकपमा ४ गोल तथा कतार विश्वकपमा १ गोल गरेका थिए। अहिलेको संस्करणमा उनले २ गोल गर्दै गोल संख्या १० पुर्याए भने विश्व कीर्तिमान समेत बनाए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…