विश्वकप फुटबल: कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा

विश्वकप फुटबल: कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
+
-
देशसञ्चार AI सारांश
  • ड्यानियल मुनोजको निर्णायक गोलले कोलम्बियाले कङ्गोलाई १-० ले हराउँदै विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
  • खेलको ७६औँ मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोको पासमा मुनोजले गोल गर्दै कोलम्बियालाई दोस्रो जित दिलाए।
  • कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ भने कङ्गोलाई उज्बेकिस्तानविरुद्ध जित्नै पर्ने दबाब छ।

विश्वकप फुटबलमा कोलम्बियाले नकआउट चरणमा स्थान बनाएको छ। ड्यानियल मुनोजको निर्णायक गोलको मद्दतमा कोलम्बियाले अफ्रिकन जायन्ट कङ्गोलाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।

ग्वाडालाजारामा आज विहान सम्पन्न खेलमा हजारौं समर्थकमाझ कोलम्बियाले पर्याप्त अवसरहरु सिर्जना गरेको थियो। तर गोलका लागि भने उसले कडा संघर्ष गर्नु पर्यो। अन्ततः खेलको ७६औँ मिनेटमा क्रिस्टल प्यालेसका विङ-ब्याक ड्यानियल मुनोजले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

जुआन फर्नान्डो क्विन्टेरोको चलाखीपूर्ण पास मुनोजसम्म पुगेपछि उनले गरेको ‘लेफ्ट फुटेड’ सटले जाली चुमेको थियो। गोलरक्षक लियोनेल म्पासी बल ‘डिफ्लेक्ट’ भएपछि झिकिन पुग्दा बलले जाली चुमेको थियो।

लगातार दोस्रो जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ र अन्तिम ३२ मा स्थान पक्का गरेको छ। पराजित कङ्गो भने तेस्रो स्थानमा रहेको छ र नकआउट चरणमा पुग्ने आशा जीवित राख्न अन्तिम समूह खेलमा उज्बेकिस्तानलाई हराउनै पर्ने अवस्था कंगोलाई रहेको छ।

मुनोज सुरुदेखि नै कोलम्बियाका लागि सबैभन्दा खतरनाक खेलाडी बने। खेलको चौथो मिनेटमै उनले टोलीलाई अग्रता दिलाउने सुनौलो अवसर पाए पनि नजिकबाट गरेको प्रहार साइड नेटिङमा पुगेको थियो। त्यसको दुई मिनेटपछि उनले बल जालीमा पठाए पनि अफसाइड ठहरिएपछि गोल मान्यता पाएन।

पहिलो २० मिनेटभरि कोलम्बियाले लगातार दबाब सिर्जना गर्दै कङ्गोमाथि पूर्ण नियन्त्रण जमायो, तर गोलरक्षक म्पासीको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। दोस्रो हाफमा पनि कोलम्बियाको दबाब कायम रह्यो। ५०औँ मिनेटमा लुइस डियाजले वान भर्सेस वानमा गरेको प्रहारलाई पनि गोलरक्षकले विफल पारे ।

खेल बराबरीतर्फ उन्मुख देखिएको बेला क्विन्टेरोले मुनोजलाई उत्कृष्ट पास दिए र उनले त्यस अवसरलाई गोलमा परिणत गर्दै कोलम्बियालाई बहुमूल्य अग्रता दिलाए। अन्तिम समयमा कङ्गोले बराबरी गोलका लागि दबाब बढाए पनि कोलम्बियाली रक्षा पंक्तिले मजबुत प्रदर्शन गर्दै अग्रता जोगायो र महत्वपूर्ण जित हात पार्यो।

यस जितसँगै कोलम्बिया विश्वकपको नकआउट चरणमा पुग्ने अर्को टोली बनेको छ, जबकि कङ्गोको भविष्य अब अन्तिम समूह खेलको नतिजामा निर्भर रहने छ। समूहमा अन्तिम खेलमा कोलम्बिया र पोर्चुगल भिड्दा कंगो र उज्बेककिस्तान प्रतिस्पर्धा गर्ने छन्। समूहमा पोर्चुगल ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…