विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जापान स्विडेनसँग १-१ गोलको बराबरीमा रोकिएपछि समूहको उपविजेता बनेको छ। समूह ‘एफ’ बाट तीन टोलीले नकआउट चरणमा स्थान बनाए।
समूह उपविजेता बनेसँगै जापानको अन्तिम ३२ को प्रतिद्वन्दी ब्राजिल हुने पक्का भएको हो। ब्राजिल र जापानको खेल आगामी मंगलबार अर्थात २९ असारमा हुने छ।

बराबरीपछि महत्वपूर्ण एक अंक पाएको स्विडेनले पनि उत्कृष्ट तेस्रो भएर नकआउटचरणमा स्थान बनायो। उसले फ्रान्सको सामना गर्ने सम्भावना बलियो छ।
समूह अन्तर्गतनै भएको अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई ३-१ ले हराउँदै समूह विजेता बन्यो। समूह विजेता बनेको नेदरल्यान्ड्सले मंगलबार अर्थात ३० जुनमा मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ। स्विडेनले भने मंगलबारनै फ्रान्सको सामना गर्ने सम्भावना भएपनि तय हुन बाँकी छ।
समूह ‘एफ’ को खेल सकिएसँगै यस्तो बन्यो अंक तालिका

भर्खरै
लोकप्रिय
