नेदरल्यान्ड्समा हुने विश्वकप लिग-२ सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा

नेदरल्यान्ड्समा हुने विश्वकप लिग-२ सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा
फाइल फोटो
+
-

काठमाडौँ – नेपालले नेदरल्याण्ड्समा हुने आईसीसी विश्वकप लिग-२ का लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।

विश्वकप लिग-२ मा बाँकी खेलहरू जित्नै पर्ने दबाबमा रहेको नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेपाल क्रिकेट संघले ५ खेलाडीलाई रिजर्भमा राखेको छ। घोषित टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तानका रुपमा रहँदा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा टोलीमा रहेका छन्।

त्यस्तै, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम शार्की, अर्जुन कुमाल र विनोद भण्डारी पनि टीममा समावेश छन्।

टोलीमा १५ सदस्यीय बाहेक सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रिजर्भमा रहेका छन्।

विश्वकप लिग-२ को श्रृंखलामा नेपाल २८ खेलबाट २४ अंक बनाएर पाँचौं स्थानमा रहेको छ। तालिकामा अमेरिका ४३ अंकका साथ शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड दोस्रो तथा नेदरल्यान्ड्स तेस्रो र ओमान चौंथो स्थानमा रहेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…