- अर्जेन्टिनाले विश्वकप अन्तर्गत अन्तिम ३२ मा नवप्रवेशी केप भर्डे सँग प्रतिस्पर्धा गर्ने छ।
- केप भर्डेले समूह चरणको खेलमा लगातार तेस्रो बराबरी गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्यो।
- आफ्नो पहिलो विश्वकपमा केप भर्डेले उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा अपराजित रह्यो।
विश्वकप अन्तर्गत नकआउट चरणमा साविक विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तिम ३२ मा नवप्रवेशी केप भर्डे सँग प्रतिस्पर्धा गर्ने भएको छ।
शनिबार बिहान सम्पन्न खेलमा उरुग्वे स्पेनसँग पराजित हुँदा र केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै लगातार तेस्रो बराबरीको नतिजा निकालेपछि समूह उपविजेताका रुपमा नकआउटमा स्थान बनायो।
‘ब्लु सार्क्स’ उपनामले परिचित केप भर्डेले आफ्नो पहिलो विश्वकपमै तीन अंकसहित दोस्रो स्थान हासिल गर्यो। उसले दुई पटकको विश्वविजेता उरुग्वे र सन् २०३४ को विश्वकप आयोजक साउदी अरेबियालाई पछि पार्दै अन्तिम ३२ मा स्थान सुरक्षित गर्यो।
प्रशिक्षक बुबिस्टाको टोलीले अब जुलाई ३ मा मियामी स्टेडियममा हुने अन्तिम ३२ को खेलमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ। खेलमा केप भर्डेले नै गोलका पर्याप्त अवसर बनाएको थियो। विली सेमेडोको नजिकको पोस्टतर्फको प्रहार साउदी गोलकिपरले उत्कृष्ट बचाउ गर्दा सम्भावित अग्रताबाट केप भर्डे चुकेको थियो।
तर अन्ततः केप भर्डेले ऐतिहासिक सफलता हासिल गर्दै नकआउट चरणमा स्थान बनायो र अब अर्जेन्टिनासँगको बहुप्रतीक्षित भेट पक्का गरेको छ। प्रतियोगिताको पहिलो सहभागितामै समूह चरणमा अपराजित रहने केप भर्डे तेस्रो अफ्रिकी राष्ट्र पनि बनेको छ।
समूहचरणको खेलपछि ग्रुप एचको अंक तालिका

भर्खरै
लोकप्रिय
