पेनाल्टी सुटआउटमा जर्मनीलाई स्तब्ध बनाउँदै पाराग्वे प्रि-क्वाटरफाइनलमा

पेनाल्टी सुटआउटमा जर्मनीलाई स्तब्ध बनाउँदै पाराग्वे प्रि-क्वाटरफाइनलमा
+
-
देशसञ्चार AI सारांश
  • फिफा विश्वकपमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै ऐतिहासिक अन्तिम १६ प्रवेश गर्यो।
  • जर्मनीका काइ हावर्ट र निक वल्टमेडको पेनाल्टी मिस हुँदा पाराग्वेले सडन डेथमा विजय सुनिश्चित गर्यो।
  • पाराग्वे अब अन्तिम १६ मा फ्रान्स र स्विडेनबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

फिफा विश्वकपमा जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वेले एतिहासिक रुपमा अन्तिम १६ मा स्थान बनाएको छ। पहिलो पटक युरोपियन टोलीलाई नकआउटमा हराएर पाराग्वेले इतिहास रचेको हो।

अर्को तर्फ चार पटकको विश्वविजेता जर्मनीको विश्कप पेनाल्टीमा नहारेको कीर्तिमान समेत औपचारिक रुपमा अन्त भयो। उसले १९८२ देखी २००६ सम्म पेनाल्टीमा लगातार जित निकालेको थियो। तर २०२६ मा भने पाराग्वेसँग स्तब्ध हुँदै नकआउटचरकण सुरुवाती राउन्सुडबाटै बाहिरियो।

मंगलबार बिहान सम्पन्न खेलमा निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ पाराग्वेले ४-३ ले खेल आफ्नो पक्षमा पार्यो।

जर्मनीका लागि जोसुवा किम्ची, जमल मुसियालाले गोल गर्दा पहिलो प्रहार गरेका काइ हावर्ट र चौंथो प्रहार गरेका निक वल्टमेडले पेनाल्टी मिस गरेका थिए। त्यसपछि पाराग्वेले लगातार दुइ गल्तीपछि खेलमा फर्किन पाएको जर्मनीका जोनाथन टाले पनि पेनाल्टी मिस गर्न पुग्दा जर्मनी स्तब्ध बन्यो।

पाराग्वेका लागि भने माउरिसियो, गस्ताभो गोमेज,माटियास गलर्जाले गोल गर्दा एन्टोनिया सानोबेराले पेनाल्टी चुकाए त्यस्तै निर्णायक पेनाल्टीको मौकामा आएका फाबियाना बालबुएनाको प्रहार पनि गोलरक्षकले रोके। त्यसपछि सडन डेथमा पुगेको खेलमा जोसे क्यानलीले गोल गर्दै पाराग्वेलाई एतिहासिक रुपमा अन्तिम १६ मा पुर्याए।

त्यसअघि बोस्टनमा जर्मनी र पाराग्वे निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी खेलेका थिए। खेलको पहिलो हाफमा पाराग्वेले जर्मनीलाई अप्रत्यासित रुपमा पछि पार्यो। ४२औँ मिनेटमा मिडफिल्डर माटियास गालार्जाको क्रसमा स्ट्राइकर जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई १-० को अग्रता दिलाए।

पछाडि परेको जर्मनीले दोस्रो हाफको सुरुआतमै खेलमा फर्कियो। ५४औँ मिनेटमा फ्लोरियन भिर्ट्सको उत्कृष्ट क्रसमा काइ हाभर्ट्सले हेडमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।

त्यसपछि जर्मनीले बलमाथि अधिकांश समय नियन्त्रण राख्दै लगातार आक्रमण गरे पनि पाराग्वेको अनुशासित रक्षापङ्क्ति तथा गोलरक्षक ओरलान्डो गिल उत्कृष्ट रूपमा बचाउ गर्दा निर्धारित समयमा विजयी गोल निस्कन सकेन। र खेल जारी विश्वकपमा पहिलो खेलका रुपमा अतिरिक्त समयमा धकेलियो।

अब खेल अतिरिक्त समयमा प्रवेश गरेको छ। अतिरिक्त समयमा पनि गोल ननिस्किए खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने छ। अब पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्विडेनबिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…