विवाहको मटकोर पूजाका क्रममा रथले किच्दा एक बालिकाको मृत्यु

विवाहको मटकोर पूजाका क्रममा रथले किच्दा एक बालिकाको मृत्यु
+
-

जनकपुरधाम– धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा वैवाहिक कार्यक्रमअन्तर्गत मटकोर पूजा भइरहेका बेला रथले किच्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

बुधबार राति करिब साढे १० बजे मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नम्बर ४, खप्तबैया टोलमा स्थानीय केश्वर मुखियाको छोरीको विवाहको मटकोर पूजा भइरहेको थियो। सोही क्रममा बीआर ३२ पी ७४६८ नम्बरको रथको अचानक ब्रेक फेल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार रथको ब्रेक फेल भएपछि त्यहाँ नाचिरहेकी बालिकालाई किचेको थियो। दुर्घटनामा स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखिया गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा परेर स्थानीय ३५ वर्षीया कवितादेवी मुखिया घाइते भएकी छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार भएका रथका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…