अस्ट्रेलियाले सातौँ पटक जित्यो महिला टी-२० विश्वकपको उपाधि

अस्ट्रेलियाले सातौँ पटक जित्यो महिला टी-२० विश्वकपको उपाधि
+
-
देशसञ्चार AI सारांश
  • अस्ट्रेलियाले आइसीसी महिला टी-२० विश्वकप फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै सातौं पटक उपाधि जितेको छ।
  • १ सय ५१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य हासिल गर्यो।
  • इंग्ल्यान्डका लागि कप्तान न्याट सिभर-ब्रन्टले अविजित ५८ रन बनाउँदा पाँचौं विकेटको लागि ८० रनको साझेदारी भएको थियो।

अस्ट्रेलियाले सातौं पटक आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। लर्ड्समा सम्पन्न फाइनलमा आयोजक इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै फेरि एकपटक अस्ट्रेलिया विश्व च्याम्पियन बन्न सफल भएको हो।

अस्ट्रेलियाले यसअघि २०१०, २०१२, १०१४, २०१८, २०२० र २०२३ मा पनि उपाधि जितेको थियो। उसले २०२६ को पनि उपाधि जितेपछि महिला विश्वकपमा आफ्नो दबदबा कायम राख्न सफल भयो।

फाइनलमा १ सय ५१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। उसको जितमा बेथ मोनीले ४९ बलमा १० चौकासहित ६४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै फोएबी लिचफिल्डले ३५ बलमा ४८ रन जोडिन्। यी दुईले दोस्रो विकेटका लागि १०० रनको शतकीय साझेदारी गर्दै अस्ट्रेलियालाई सहज जितको आधार तयार गरेका थिए।

त्यसपछि एलिस पेरीले १३ रनको अविजित इनिङ खेल्दा उनलाई एश्ले गार्डनरले ३ रनमा अविजित साथ दिइन्। इंग्ल्यान्डका लागि लरेन बेल, चार्ली डिन र सोफी एक्लेस्टोनले समान १-१ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो। कप्तान न्याट सिभर-ब्रन्ट ले अविजित ५८ रन बनाइन् भने फ्रेया केम्पले ४४ रनमा अविजित इनिङ खेलिन्। यि दुईबिच पाँचौँ विकेटका लागि ८० रनको अविजित साझेदारी हुँदा इंग्ल्यान्डले सम्मानजनक योगफल बनाएको थियो।

अस्ट्रेलियाका लागि लुसी ह्यामिल्टन, एनाबेल सदरल्यान्ड, सोफी मोलिन्यू र किम गार्थले समान एक-एक विकेट लिएका थिए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…