दबाबपूर्ण खेलमा मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

दबाबपूर्ण खेलमा मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा
+
-
देशसञ्चार AI सारांश
  • इंग्ल्यान्डले जुड बेलिङ्घम र ह्यारी केनको गोलमार्फत मेक्सिकोलाई ३-२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।
  • भीषण आँधीहुरीले खेल ढिलो भई सुरु भएपनि इङ्गल्यान्डको टोलीले मेक्सिकोको घरेलु समर्थनलाई निस्तेज पार्दै उत्कृष्ट खेल देखायो।
  • जोर्डन पिकफोर्डले गोलमा योगदान दिँदै मेक्सिकाका धेरै प्रहार बचाए, भने ह्यारी केनले पेनाल्टीमार्फत अङ्क दर्ता गराए।

सह-आयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको छ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा इंग्ल्यान्डले पूर्ण दबाबबीच जित हासिल गरेको हो। इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले २ गोल गर्दा अर्को एक गोल कप्तान ह्यारी केनले गरेका थिए।

एज्टेका स्टेडियमको अभूतपूर्व  घरेलु समर्थकमाझ इङ्गल्यान्डले विश्वकपमा आफ्नो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोमाथि रोमाञ्चक जित दर्ता गरेको हो। यस जितसँगै इङ्गल्यान्डले क्वार्टर-फाइनलमा नर्वेसँगको भेट पक्का गरेको छ।

भीषण आँधीहुरीका कारण एक घण्टा ढिलो सुरु भएको खेल सुरुवातबाटै नाटकिय बनेको थियो। थोमस टुचेलको टोलीले दोस्रो हाफको सुरुवातमै जारेल क्वान्साले रातो कार्ड पाएर मैदान छाड्नुपर्दाको संकट पार लगाउन निकै संघर्ष गर्नु पर्यो ।

मेक्सिकोले आफ्नो गढ मानिने एज्टेका स्टेडियममा खेलेका ८९ प्रतिस्पर्धात्मक खेलहरूमध्ये मात्र दुई खेल गुमाएको थियो। तर, इङ्गल्यान्डले जुड बेलिङ्घमले पहिलो हाफको अन्त्यतिर मात्र ९८ सेकेन्डको अन्तरालमा दुई गोल गर्दै खेललाई आफ्नो पकटमा ल्याए।

इङ्गल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड उत्कृष्ट फर्ममा देखिंदा उनले मेक्सिकोका धेरै प्रहार बचाए। उनले राहुल जिमेनेजका दुईवटा प्रहारलाई उत्कृष्ट बचाउ गरे। यद्यपि, पहिलो हाफ सकिनुभन्दा तीन मिनेट अगाडि जुलियन क्विनोनेसको शक्तिशाली प्रहारलाई रोक्न उनी असमर्थ रहे, जसका कारण मेक्सिकोले खेलमा पहिलो हाफ २-१ मा सकियो।

घरेलु दर्शकहरूको निरन्तर र ठूलो हुटिङका बीच मेक्सिको आक्रामक देखिएको थियो। जिजस गालार्डोमाथि फल गर्दा  क्वान्सालाई सिंधै रातो कार्ड दिइएपछि दर्शकहरूको उत्साह अझ थपियो। तर, मेक्सिकन गोलकिपर राउल रान्जेलले एन्थोनी गोर्डनलाई लडाएपछि पाएको पेनाल्टीलाई ह्यारी केनले गोलमा परिणत गर्दै इङ्गल्यान्डलाई पुनः दुई गोलको अग्रता दिलाए।

इङ्गल्यान्डले खेललाई आफ्नो नियन्त्रणमा फिर्ता ल्याएको मानिएको बेला केनको एउटा गल्ती पुन टिमका लागि संघर्ष बन्यो। उनले पेनाल्टी क्षेत्रभित्र ब्रायन गुटिएरेजको खुट्टामा प्रहार गरेपछि भिएआरको सहयोगमा मेक्सिकोले पेनाल्टी पायो, जसमा जिमेनेजले सहजै गोल गरे।

मेक्सिकोको चर्को दबाब र रंगशालाको तनावपूर्ण वातावरणका बीच प्रशिक्षक टुचेलले डिफेन्सलाई मजबुत बनाउन ड्यान बर्न र जेड स्पेन्सलाई मैदानमा उतारे। पाँच जनाको बलियो रक्षापंक्ति (५-म्यान डिफेन्स) तयार गर्दा पनि इङ्गल्यान्डलाइ ११ मिनेटको इन्जुरी समयमा समालिन मुस्किल परेको थियो। अन्तिम सम्म निरन्तर आक्रमण गरेको मेक्सिको अन्तत गोल गर्न असफल हुँदा इंग्ल्यान्डले नर्वेसँगको क्वाटरफाइनल भेट पक्का गर्न सफल भयो।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…