- स्पेनले इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोको गोलमार्फत पोर्चुगललाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो।
- ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको अन्तिम विश्वकप यात्रा स्पेनसँगको पराजयसँगै समाप्त भयो।
- स्पेनले लस एन्जलसमा हुने क्वार्टरफाइनलमा सह-आयोजक संयुक्त राज्य अमेरिका वा बेल्जियमसँग खेल्नेछ।
जारी विश्वकप फुटबलमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ। विश्वचर्चित स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोले आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेको यो प्रतियोगिता पोर्चुगल सँगै उनको प्रतिष्ठाका रुपमा महत्वपूर्ण मानिएको थियो। तर पोर्चुगल स्पेनसँग १-० ले पराजित भएसँगै रोनाल्डोको यात्रा अन्तिम १६ मै टुंगियो।
अधिकांस समय गोलरहित बराबरी भएको खेलमा ६ मिनेट थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा स्पेनले निर्णायक गोल गर्दै खेलमा १-० को जित निकाल्यो। स्पेनका लागि सब्स्टिच्युट खेलाडी माइकल मेरिनोले फेरान टोरेसको पासलाई सदुपयोग गर्दै टिमको जित निश्चित गरेका थिए।
४१ वर्षीय रोनाल्डोले २००६ यताका सबै ६ विश्वकप खेल्दै सबैमा गोल गर्ने एकमात्र खेलाडीका रुपमा आफ्नो याा अन्त गरेका छन्। उनले यहि विश्वकपमा नकआउट चरणमा गोल गर्न नसकेको कीर्तिमान पनि भंग गरेका थिए। तर सबैखाले उपाधि जितेका रोनाल्डोले विश्वकप ट्रफि चुम्ने सपना भने पुरा गर्न सकेनन्।
दोस्रो हाफमा स्पेनले स्पष्ट गोलका अवसर सिर्जना गर्न संघर्ष गरिरहेको अवस्थामा फेरान टोरेसको उत्कृष्ट पासमा आर्सनलका मिडफिल्डर मेरिनोले ९१औँ मिनेटमा गोलरक्षक डियोगो कोस्टालाई कुनै मौका नदिइ बललाइ जाली चुमाएका थिए।
यो नतिजा सन् २०१० को विश्वकपमा पनि यही चरणमा स्पेनले पोर्चुगललाई १-० ले हराएको इतिहासको पुनरावृत्ति बन्यो। अब स्पेनले जुलाई १० मा लस एन्जलसमा हुने क्वाटरफाइनलमा सह-आयोजक संयुक्त राज्य अमेरिका वा बेल्जियमको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
स्पेनले खेलको तेस्रो मिनेटमै अग्रता लिने सुनौलो अवसर गुमायो। दानी ओल्मोको पासमा मिकेल ओयारजाबाल पोर्चुगलको रक्षापंक्ति छलेर अघि बढे पनि उनको प्रहार गोलपोस्टभन्दा बाहिरियो।
त्यसपछि पोर्चुगलका गोलरक्षक डियोगो कोस्टाले लगातार दुई उत्कृष्ट बचाउ गर्दै लामिन यामाल र एलेक्स बाएनाको प्रहार रोके। स्पेनले लगातार दबाब बनाए पनि त्यसपछि सबैभन्दा खतरनाक अवसर भने पोर्चुगलले सिर्जना गर्यो।
४१औँ मिनेटमा नुनो मेन्डेसको शक्तिशाली ‘लेफ्ट फुटेड’ प्रहार पेड्रो पोरोमा ठोक्किएर दिशा परिवर्तन हुँदै क्रसबारमा लाग्यो। भाग्यले साथ दिएपछि स्पेनले संकट टार्यो र पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफमा रोबर्टो मार्टिनेजको टोली खेलमा झन् आत्मविश्वासका साथ प्रस्तुत भयो। तर अग्रपंक्तिमा रहेका रोनाल्डो लगायतको फर्वाड सफल हुन सकेन्।
भर्खरै
लोकप्रिय
