देशसञ्चार ‘प्रेडिक्ट एन्ड विन’का विजेतालाई टाइटनको घडी उपहार

देशसञ्चार ‘प्रेडिक्ट एन्ड विन’का विजेतालाई टाइटनको घडी उपहार
+
-
देशसञ्चार AI सारांश
  • गएराति फ्रान्सले मोरक्कोलाई २-0 ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
  • ‘प्रेडिक्ट एण्ड विन’ खेलमा हजारौँले भाग लिए, र दिनको दुई-तीन जना विजेताले गिफ्ट जिते।
  • देशसञ्चारले क्वार्टरफाइनलदेखि फाइनलसम्म टाइटनको घडी उपहार जित्नको लागि फुटबलप्रेमीलाई अनुरोध गरेको छ।

फिफा विश्वकप गत जुन ११ बाट औपचारिक रुपमा सुरु भयो। विश्वकपको रौनक चौतर्फी रुपमा संसारभरि छाइराख्दा नेपाल अछुतो रहने कुरै भएन।

गएराति फ्रान्स र मोरक्कोको खेलबाट यसको क्वार्टरफाइनल चरण सुरु भएको छ। यस खेलमा फ्रान्स २-0 को विजयसँगै सेमिफाइनलमा पुगिसकेको छ भने मोरक्को बाहिरिएको छ।

नेपाली समयअनुसार शुक्रबार बिहान स्पेन र बेल्जियमबीचको खेल हुँदै छ भने शनिबार बिहान नर्वे र इङ्ल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचका खेलहरू हुनेछन्।

 

देशसञ्चारले विश्वकपलाई लक्षित गरेर लिग चरणको खेलदेखि नै सुरु गरेको ‘प्रेडिक्ट एण्ड विन’मा हजारौँको संख्यामा दर्शकहरूले सहभागिता जनाएका छन्। जुन ११ बाट सुरु यस ‘प्रेडिक्ट एण्ड विन’मा सहभागी हजारौँमध्ये दिनको दुई या तीन जना भाग्यशाली विजेताहरुले आर्कषक गिफ्ट ह्याम्पर जित्दै आइरहेका छन्। झन्डै ६० भन्दा बढी संख्यामा दर्शकहरूले उपहार लिइसकेका छन्।

सेमीफाइनल र फाइनल खेलबाट प्रेडिक्ट गर्नेमध्ये भाग्यशाली विजेताले टाइटन नेपालको तर्फबाट आर्कषक घडी उपहार पाउनेछन्।

हाल सम्मका विजेताले पनि आइएनआइ मुभिको भाउचर, केटिएम सिटीको भाउचर, फुडमान्डुको भाउचर लगायत अन्य उपहारहरू पाएका थिए। देशसञ्चार प्रेडिक्ट एन्ड विनमा ब्रिज सिमेन्ट, फोटो किंग, कोकाकोला, करेन्ट नुडल्स, डलफिन प्लास्टिस्, इलेक्ट्रन कम्पनी पनि जोडिएका छन्।

सेमिफाइनल र फाइनलमा टाइटनको घडी जित्ने यो सुनौलो अवसरको फाइदा लिन देशसञ्चार सबै फुटबलप्रेमी दर्शकहरूसँग अनुरोध गर्दछ।

फाइनलको विजेतालाई टाइटनको विशेष मोडलको घडी उपहारमा राखिएको देशसञ्चारका प्रबन्ध निर्देशक कपिल भण्डारीले जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…